मन्त्री लामाद्वारा मेसिनको प्रयोग गरी धान रोपेर दिवसको उद्घाटन
न्युजभित्तो/१५ असार २०७७, सोमबार १८:५९
माडी (चितवन) । बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले मेसिनको प्रयोग गरी धान रोपेर धान दिवसको उद्घाटन गर्नुभएको छ । जिल्लाको माडीमा सोमबार १७ औं राष्ट्रिय धान दिवस मनाइएको हो । सहकारी मार्फत सञ्चालन गरिएको सामूहिक चक्लाबन्दी खेतीमा मेसिनले धान रोपेर दिवस मनाइएको हो ।
त्यस क्रममा मन्त्री लामाले कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको बताउनुभयो । उहाँले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको बताउनुभयो । माडीको चक्लाबन्दी खेती सबैलाई उदारण दिने खालको बताउनु पर्ने बताउँदै उहाँले त्यसका लागि सबैले अग्रसर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चक्लाबन्दी खेती सफल भए मात्र कृषि क्षेत्रमा उत्साहा थपिने बताउँदै उहाँले भन्नुभयो “माडी उर्भर भूमि हो । अन्न भण्डारको रुपमा विकास गर्दै लैजानु पर्छ ।”
यस्तै जिल्ला समन्वय समिती प्रमुख कृष्णकुमार डल्लाकोटीले पहिले र अहिलेको माडीमा धेरै परिवर्तन आएको बताउनुभयो । माडीमा भएको कामले उत्साहा जगाएको भन्दै चक्लाबन्दी खेती नमूना बन्ने बतउनुभयो ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीको चक्लाबन्दी खेती बागमती प्रदेशको गौरबको क्षेत्र भएको बताउनुभयो । उहाँले लागत घटाउन यन्त्रिकरणको प्रयोग गर्दै सामूहिक खेतीमा प्रवेश गरेको जानकारी दिनुभयो। सामुहिक खेतीमा माडी नगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेश नम्वर ३ सरकारको सहयोगमा माडी नगरपालिका ८ कान्तिपुरमा रहेको सूर्योदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती सुरु गरेको हो । ९६ जना कृषकको १०० विगाह जमिनमा चक्लाबन्दी गरिएको छ । यसबर्ष १५ विगाह क्षेत्रफलमा धान रोप्ने योजना रहेको सहकारीका प्रवन्धक शिवजी गाएकले जानकारी दिनुभयो। सो स्थाना १२ विगाहामा माछा पोखरी निर्माण गरिएको छ भने पाडा पालनको योजना अघि बढाइएको गायकले जानकारी दिनुभयो ।
वागमती प्रदेश सरकारले चितवनको माडी सहित चार जिल्लामा चक्लाबन्दी खेती सुरु गरेको छ । चक्लाबन्दी खेतीका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान र केन्द्र सरकारले ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण सहयोग गरेका छन् । गतबर्ष मात्रै सो क्षेत्रमा प्रदेश सरकारले १ करोड र माडी नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
मेसिनको प्रयोगबाट धान खेतीमा किसानको ५० प्रतिशतसम्म लागत घट्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनुभयो । उहाँले सामुहिक खेती सफल बनाउन ज्ञान केन्द्रले निरन्तर प्राविधिक सहयोग गरिरहेको जानकारी दिनुभयो ।
कान्तिपुरमा अधिकांश दलित र त्यसमा पनि गन्दर्भ समुदायको बसोबास छ । करिब ४० हजार जनसंख्या बसोबास गर्दै आएको माडीको विकासको आधार कृषि र पर्यटन हो । चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न खहरे खोलाबाट पीडित माडीवासीले दीर्घकालीन रूपमा यसको समाधान खोजेर कृषि उत्पादन बढाउन सकिने बताउँदै आएका छन् ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्की, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख मेघनाथ तिमल्सेना, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख दयाराम चापागाँई, चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।