सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाजीपुरका गुरुङलाई खाद्यान्न सहयोग


  •    न्युजभित्तो/१३ असार २०७७, शनिबार १९:३९ 
  • चितवन । जननेता मदनकुमार भण्डारीको शव प्राप्त गर्ने र नदीबाट बाहिर ल्याउन सहयोग गर्ने मध्येका एक टोकमान गुरुङलाई खाद्यान्न सहयोग गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले व्यक्तगत रुपमा शनिबार सहयोग उपलब्ध गराउनु भएको हो ।

    गाजीपुरस्थित गुरुङको घरमा नै पुगेर अध्यक्ष भट्टराईसहित फाउण्डेशन चितवनका पदाधिकारीहरुले राहत हस्तान्तरण गर्नुभयो । गुरुङलाई तत्काल राहतका लागि एक बोरा चामल, दुई किलो दाल, दुई लिटर खाने तेल, नुन लगायतका दैनिक उपभोग्य वस्तु हस्तान्तरण गरिएको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएपछि गुरुङलाई सहयोग हस्तान्तरण गरिएको हो ।

    बि.सं. २०५० सालमा चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा पर्नु भएका तत्कालिन नेकपा एमालेका महासचिव मदन कुमार भण्डारीको शव जिल्लाको गाँजीपुरस्थित नारायणी नदीमा फेला परेको थियो । सो समयमा गुरुङलगायतका ६ जनाले शव प्राप्त गर्नुका साथै नदीबाट शव बाहिर ल्याउने काम गर्नुभएको थियो । अन्यको आर्थिक स्थिति सन्तोषजनक भए पनि गुरुङलाई अप्ठ्यारो भएपछि सहयोग उपलब्ध गराईएको फाउण्डेशन चितवनका उपाध्यक्ष शम्भु सुवेदीले जानकारी दिनुभयो ।

    यसैबीच मदन भण्डारी फाउण्डेशन चितवनले आईतबार (असार १४ गते) मदन जयन्तीको अवसरमा गाजीपुरमा नै कार्यक्रमको आयोजना गर्दैछ । मदन स्मृति पार्कमा निर्मित भण्डारीको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको फाउण्डेशन चितवनका सचिव श्याम बिष्टले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.