सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरले ग¥यो चार दर्जनबढीलाई सम्मान


  •    न्युजभित्तो/१३ असार २०७७, शनिबार ०८:४६ 
  • भरतपुर । भरतपुर महानगरपालिकाले छैटौँ नगरसभाको अवसर पारेर करदाता, कर्मचारी, खेलाडीसहित महानगरपालिकालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । शुक्रबार महानगरपालिकाको नगरसभाको अवसर पारेर महानगरपालिकालाई कर तिर्ने विभिन्न सात, कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने १३, विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने सात, १४ जना कर्मचारीलाई सम्मान गरिएको छ । त्यस्तै दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता ६ जना तथा राष्ट्रिय खेलकूदमा पदक प्राप्त गर्ने चार जना खेलाडीलाई नगदसहित सम्मान पत्रद्वारा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सम्मान गर्नुभएको हो ।

    नगरसभाको अवसरमा महानगरलाई सबैभन्दा बढी कर तिर्ने उद्योग क्षेत्रबाट बोटलर्स नेपाल तराई लिमिटेड, कृषितर्फ नवगंगा दाना उद्योग प्रालि, स्वास्थ्यतर्फ चितवन मेडिकल कलेज, वित्तीयतर्फ एभरेष्ट बैंक, सञ्चारतर्फ चित्रवन युनिक केवल टिभी प्रालि, बहालकरतर्फ भरतपुर ३ की कल्याणी श्रेष्ठ तथा शिक्षतर्फ बाल्मीकि शिक्षा सदन सम्मानित भएका हुन् ।

    त्यस्तै, कोभिड १९ को जोमिख न्यूनिकरण गर्न सहयोग गर्ने, युएनडीपीको विपद् जोखिम न्यूनिकरण परियोजना, न्यू ओम मिल स्टोर्स, स्टुडेन्ट ड्रेस हाउस, इन्द्रलाल श्रेष्ठ, आविस्कार पोल्ट्री, नेप्स कफी, एनआरएनए टेक्सास, आर्ट अफ लिभिङ, प्रतीक एण्ड फ्रेन्डस् चितवन, नेपाल रेडक्रस सोसाइटी चितवन, गिर्मु सिटी, राहत संकलन तथा वितरण समिति रामनगर, रोटरी क्लब अफ चितवनलाई समेत महानगरपालिकाले नगरसभाको बन्दसत्रमा सम्मान गरेको हो ।

    त्यसैगरी, सुरेशचन्द्र अधिकारी, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ चितवनलाई समेत कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापनमा सहयोग गरेवापत महानगरपालिकाले सम्मानपत्र सहित सम्मानित गरेको छ । त्यस्तै, महानगरपालिकाको पहिलो बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गर्न सफल भएवापत वडा नम्बर १४ कार्यालयलाई पनि नगरसभाको अवसरमा सम्मान गरिएको थियो । नगर सभाकै अवसरमा विपद् व्यवस्थापन कोषमा रकम सहयोग गर्ने पोखरा फाइनान्स लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था, भरतपुर १० का लेखनाथ अधिकारी, विकू सहकारी संस्था, किसान सहकारी संस्था, नवविवाहित दम्पती प्रवेश पौडेल र सृष्टि भुसाल तथा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समेत महानगरपालिकाले सम्मान गरेको हो ।

    महानगरपालिकाले १४ जना उत्कृष्ट कर्मचारीलाई समेत नगरसभाको अवसरमा सम्मानित गरेको छ । महानगरले सुजन श्रेष्ठ, सुकबहादुर दर्जी, सन्तोष आचार्य, टीकाराम कँडेल, अविरल पोखरेल, अर्जुन पाठक, प्रकाश शाह्ी, बालकृष्ण थपलिया, सचिना पौडेल, केशव भट्ट, कृष्ण तामाङ, मेघराज भट्टराई, ठाकुरप्रसाद पौडेल र रचनासिंह ठकुरीलाई सम्मानित गरेको हो । महानगरको सबै क्षेत्रका कमर््चारी समेटिनेगरी उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो ।

    नगरसभाकै अवसर पारेर महानगरपालिकाले सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता भरतपुर १५ की मिनु गुरुङ र तेक्वान्दोमा स्वर्ण पदक विजेता भरतपुर १६ की संगीता बस्याललाई ७५ हजार रुपैयाँका दरलले सम्मान गरेको छ । त्यस्तै, भारतोलनमा कास्य विजेता भरतपुर ६ का कमलबहादुर अधिकारी, भरतपुर ७ का पुकार गुरुङ, भरतपुर १० का सन्देश गुरुङ, भारतोनका मुख्य प्रशिक्षक राम पौडेललाई २५ हजारका दरले सम्मान गरेको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताउनुभयो । त्यस्तै, राष्ट्रिय खेलकूदमा लङजम्पतर्फ स्वर्ण पदक विजेता भरतपुर २७ का भुवन महतोलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । राष्ट्रिय खेलकूदमा नै बक्सिङतर्फ रजत पदक प्राप्त भरतपुर २ का भूमिलाल श्रेष्ठ, भलिबलतर्फ रजत प्राप्त गर्ने भरतपुर २७ की आरती सुवेदी र भलिबलकै रजत पदक प्राप्त गर्ने भरतपुर २७ की रजना महतोलाई महानगरपालिकाले ३० हजार रुपैयाँसहित सम्मानित गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.