सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थपिए १२ जना कोरोना संक्रमित, सबै क्वारेन्टिनमा रहेका


  •    न्युजभित्तो/१२ असार २०७७, शुक्रबार ०८:१४ 
  • चितवन । जिल्लामा बिहीबार एकै दिन १२ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र १० पुरुष गरी १२ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा माडी नगरपालिकाका मात्रै ९ जना रहेका छन् । जसमध्ये १७ देखि ४९ वर्ष उमेर समूहका ९ जना पुरुष रहेका छन् ।

    यस्तै भरतपुर महानगरपालिका–२६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वीचितवन रत्ननगर नगरपालिका–४ की २७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । योसंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । चितवनका कोरोना संक्रमित सबै क्वारेन्टिनमै बसिरहेका थिए । उनीहरुको क्वारेन्टिमै स्वाब संकलन गरिएको थियो ।

    यस्तै पूर्वी नवलपरासीको कावासोती र गैंडाकोट नगरपालिकामा गरी २१ जनामा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाका १४ र गैंडाकोट नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कावासोतीका २५ र ३७ वर्षीया महिलासहित १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै गैंडाकोट नगरपालिकाका २३ देखि ५३ वर्ष उमेर समूहका ७ जना पुरुष रहेका छन् । यस्तै चितवन मेडिकल कलेजमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राती कुल २१४ वटा नमुना परीक्षण गरिएकोमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

    बिहीबार माडी नगरपालिकाको २९, गैंडाकोट नगरपालिकाको १८, कावासोती नगरपालिकाको ६६, भरतपुर अस्पतालको ११, भरतपुर महानगरपालिकाको २४, सेन्ट्रल हस्पिटलको १, नेशनल सिटी हस्पिटलको १, चितवन मेडिकल कलेजको ७, पुरानो मेडिकल कलेजको १४, खैरहनी नगरपालिकाको १२, रत्ननगर नगरपालिकाको १०, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ जना गरी कुल २१४ वटा नमुनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.