सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना प्रभावितलाई कृषिमा जोड्दै गैंडाकोट नगरपालिकाले ल्यायो नीति र बजेट


  •    न्युजभित्तो/१० असार २०७७, बुधबार १६:२८ 
  • गैंडाकोट (नवलपुर) । कोरोनाका कारण प्रभावित भएका नगरवासीलाई कृषिमा जोडेर रोजगार तथा स्वरोजगारी सिर्जना गर्ने गरी गैंडाकोट नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगरपरिषद्मा नगर प्रमुख छत्रराज पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाले कोभिड १९ को जोखिम तथा सोबाट सृजित स्वास्थ्य समस्या न्यूनीकरणमा जोड दिएको बताउनुभयो । उहाँले कोभिड १९ प्रभावितलाई रोजगार र कृषि उत्पादनमा बिशेष जोड दिएको जानकारी दिनुभयो ।

    बाँझो जग्गा रहित नगर बनाउने अभियानका साथ हरेक वडा भित्र रहेका उत्पादन विहिन जग्गालाई उत्पादनमुखी कार्यान्वयनमा जोड दिइ कृषि प्रबद्धनात्मक कार्यक्रम अगाडी बढाइने प्रमुख पौडेलले बताउनुभयो ।

    कालिगण्डकी करिडोर, वि.पी. अन्तर्राष्ट्रिय खेल ग्राम, नारायणी नदी किनारमा पर्यापर्यटन मार्ग, गरीबी मुक्त गैडाकोट अभियान, एक वडा एक विशिष्टिकरण उत्पादन, साहित्य संस्कृति कला र पर्यटनको विकास, मनमोहन राष्ट्रिय रंगशाला निर्माण नगरपालिकाको प्राथमिकतामा छन् ।

    गैडाकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागी ७१ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको छ । सातौं नगरसभा मार्फत उपप्रमुख विष्णुकुमारी कँडेलले आगामी आर्थिक बर्षका लागि सो बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले आन्तरिक स्रोतबाट ९ करोड ४० लाख ५० हजार र संघ तथा प्रदेशबाट प्राप्त अनुदानबाट ६१ करोड ९१ लाख ५० हजार ४ सय ९७ रुपैंया आयको अनुमान गरेको छ ।

    नगरपालिकाले कार्यालय प्रशासनिक खर्च तर्फ ११ करोड ६५ लाख, आर्थिक विकास तर्फ १ करोड ६५ लाख र सामाजिक विकास तर्फ ३ करोड ९० लाख बजेट विनियोजन गरेको छ । यस्तै पूर्वाधार विकासमा २ करोड ८४ लाख, वातावरण तथा विपद्मा १ करोड ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा ३० लाख रकम छुट्याइएको छ ।

    नगरपालिकाले १८ वडालाई १२ करोड ९० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक राजश्वको श्रोत जुटाउन नगरपालिकाले गैंडाकोट नगरभित्र करशिक्षा अभियान र नगर कार्यपालिकाको कार्यविधि निर्माण गरी घर जग्गा बहाल कर र व्यवसाय कर असुल गर्ने उपप्रमुख कंडेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.