सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका, देवघाट र गैंडाकोटमा थपिए पाँच कोरोना संक्रमित


  •    न्युजभित्तो/१० असार २०७७, बुधबार ०७:१३ 
  • चितवन । चितवनको कालिका नगरपालिका, तनहुँको देवघाट र नवलपुरको गैंडाकोटमा थप कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमामा पाँच जनामा कोरोना पेजेटिभ देखिएको हो ।

    भरतपुर अस्पतालले बुधबार दिएको जानकारीका अनुसार चितवनको कालिका नगरपालिका–३ बस्ने ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुष क्वारेन्टिनमा बसेका थिए । योसंगै चितवनमा कुल संक्रमितको संख्या ४३ पुगेको छ ।

    यस्तै बुधबार भरतपुरमा गरिएको परीक्षणमा गैंडाकोटका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गैंडाकोट–१ नवलपुर बस्ने वर्ष ३३ र वर्ष ५१ का महिला २, गैंडाकोट १२ नवलपुर बस्ने वर्ष ५६ को महिला १ रहेका छन् । यसैगरी देवघाट ५ तनहुँ बस्ने वर्ष २३ को पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पोजेटिभ देखिएका सबै क्वारेन्टिनमा बस्दै आएकाहरु हुन् ।

    मंगलबार उक्त प्रयोगशालामा भरतपुर अस्पतालका १२, चितवन मेडिकल कलेजका ७, बिनय त्रिवेणी गाउँपालिकाका १५, भरतपुर महानगरपालिकाका १३, नारायणी सामुदायिक असपतालका १, खैरहनी नगरपालिकाका ४, कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका ४, गैंडाकोटका २०, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका १९, कालिका नगरपालिकाका २०, देवघाट गाउँपालिकाका ६ गरि १२१ नमुना परीक्षण गरिएकोमा पाँच जनामा पोजेटिभ र ११६ जनामा नेगेटिभ रिपोर्ट आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.