चितवन, ७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी चितवनले लकडाउन अवधिको मासिक शैक्षिक शुल्क मिनाहा गर्न माग गरेको छ । संगठनले अनलाईन कक्षा सञ्चालन गरेको नाममा शुल्क नअसुल्न पनि चेतावनी दिएको ।
कमिटीले आईतबार ९ बुँदे मागसहितको ध्यानाकर्षणपत्र भरतपुर महानगरपालिकाको शिक्षा शाखामा बुझाउँदै चितवनका विभिन्न शिक्षण संस्थाहरुले विभेदकारी अनलाइन क्लासको नाममा शुल्क उठाइएको भन्दै त्यसको विरोध गरेको छ । शैक्षिक शुल्कमा एकरुपता ल्याउन माग गर्दै पत्रमा सामुदायिक विद्यालय सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन माग गरिएको अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी पत्रमा सबै सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गर्न, इमेल तथा इन्टरनेटको व्यवस्था गर्न पनि माग गरिएको छ । सामुदायिक क्याम्पसमा प्लस टुमा अध्ययन गर्ने विद्यार्थीको लागि छात्रवृत्तिको लागि बजेट छुट्याउन माग पनि संगठनले गरेको छ ।