सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो तीन दिन लगाएर पन्छाइयो


  •    न्युजभित्तो/६ असार २०७७, शनिबार ११:२५ 
  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् ।

    नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई। शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो । निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो ।

    पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो । सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहजरुपमा दुईतर्फी आवागमन पुनः सञ्चालन भएको खनालले जानकारी दिनुभयो । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक दुईतर्फी सञ्चालनमा आएसँगै सवारी गन्तव्यतर्फ लागेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.