सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने


  •    /३० बैशाख २०७६, सोमबार २२:१७ 
  • दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजित कार्यक्रममा उहाँले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा बिजुली पु¥याइने बताउनुभयो ।

    प्रदेशका नौ प्रतिशत घरधुरीमा बिजुली पुग्न बाँकी रहेको र नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी सबै घरमा बिजुली पु¥याउन प्रदेश सरकार लागि परेको उहाँको भनाइ थियो । उहाँले जलविद्युत्मा गण्डकी प्रदेश सबैभन्दा धनी भए पनि केही घरधुरी अझै पनि अन्धकारमा बस्न बाध्य भएको बताउनुभयो ।

    भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले विकासको काममा अब प्रदेश अगाडि बढिसकेको बताउनुभयो । पाँच वर्षभित्र प्रदेशलाई सबैभन्दा समृद्ध प्रदेश बनाइने उहाँले उल्लेख गर्नुभयो । प्रदेशका १५ प्रतिशत घरधुरीमा खानेपानी सुविधा नपुगेको हुँदा दुई वर्षभित्रमा नै सबै घरमा खानेपानी सुविधा पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत्सम्बन्धी समस्या समाधान गर्न मुख्यमन्त्री गुरुङ समक्ष अनुरोध गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.