सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनतासँग गरेका वाचा पूरा गरेको छु : सांसद कृष्णभक्त पोखरेल


  •    न्युजभित्तो/२९ जेष्ठ २०७७, बिहीबार ११:२७ 
  • चितवन । चितवन क्षेत्र नं. २ का सांसद एवं प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले निर्वाचनको बेला आफूले जनता समक्ष गरेका वाचा पूरा गरेको बताउनु भएको छ । उहाँले राज्यले कानुनी रुपमा निर्दिष्ट गरेका बाहेकका कुनै पनि सुविधा नलिएको पनि स्पष्ट पार्नु भएको छ ।

    उहाँले संविधान सभाको निर्वाचन २०७० मा चितवन क्षेत्र नं. ३ का जनताको न्यानो मतबाट विजय भए पश्चात् संविधान मस्यौदा समितिको सदस्यको रुपमा रही न्यायपूर्ण संविधान लेख्ने काम गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो “मेरै संयोजकत्वमा अपराध संहिता जस्तो नयाँ कानुन निर्माण गरियो ।”

    आफू पुनः संघीय संसदमा निर्वाचित भएपछि आफ्नो क्षेत्रमा विकासका कामले गति लिएको बताउँदै उहाँले विभिन्न योजनाहरु सम्पन्न भईसकेको र कतिपय अगाडि बढिरहेको बताउँनु भयो । उहाँले भन्नुभयो “म चुनाव लडिरहँदा तत्कालिन दाहाखानी गाविस कार्यालयमा विजुली पुगेको थिएन, काउलेको हात्तिवाङ्गमा विजुली थिएन, चण्डीभन्ज्याङगमा ३० घरमा पनि बिजुली थिएन, आज ती क्षेत्रहरूमा बिजुली पु¥याईएको छ ।”

    साविक चण्डीभञ्ज्याङ्ग गाविसमा २० किलोमिटर बाटो पुगेको, भोर्ले–दाहाखानी बाटोमा वर्षेनी रकम विनियोजन भई युद्धस्तरमा काम भईरहेको, यसैवर्ष पनि तीन करोड रुपैयाँ बजेट विनियोजन भएको, ७८ करोड रुपैयाँमा शक्तिखोर–फिस्लिङ सडकको काम भईरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहनु भएका सांसद पोखरेलले बताउनु भएको छ ।

    यसैगरी जलविरे–ढुग्रे बाटोमा यो वर्ष ३ करोड़ रुपैयाँ बजेट विनियोजन भएको, बसेनी–लामा टोल बाटोमा ३ करोड़ रुपैयाँ बजेट विनियोजन भई काम भइरहेको, गैरावारी–उप्रानगढी बाटो बनिरहेको, चेरेस–लामीडाडा बाटो बनेको, विशाल चोक–गाईखर्क बाटो करिव पाँच करोड रुपैयाँको लागतमा बनेको उहाँले जानकारी दिनुभयो ।

    सांसद पोखरेलले इच्छाकामना गाउँपालिकाको मैतेस थापाथली जोड्ने बाटोको काम भइरहेको, हात्तिवाङ्गमा स्वास्थ केन्द्र भवन बनिरहेको, महानगरका सबै वाडहरूमा केही न केही बजेट विनियोजन गरी कामहरू भईरहेको बताउनुभयो । आफूले वाचा गरेका मात्रै नभएर जनताका तत्काल आवश्यक अन्य विकास निर्माणलाई पनि प्राथमिकताका आधारमा बजेटको व्यवस्थापन गरी काम अगाडि बढाईरहेको बताउँदै सांसद पोखरेलले भन्नुभयो “जनताहरूसँग गरेका कवुलहरू पूरा गर्ने दिशामा काम गरिरहेको छु ।” आफ्नो अधिकांश निर्वाचन क्षेत्र विकट पहाडी ईलाकामा पर्ने बताउँदै उहाँका त्यस क्षेत्रका न्यूनवर्गीय जनताको अनुहार कहिल्यै बिर्सन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “न्यायप्रेमी जनताका नाममा अन्यायपूर्ण तरिकाले गद्धारी गर्न म कहिल्यै सक्दिन ।”

    आफूले सांसदको हैसियतबाट घरभाडा नलिएको बताउँदै उहाँले कानुन अनुसार घर मर्मत संहारका लागि पाईने मासिक १२ हजार ८०४ रुपैयाँ मात्रै लिंदै आएको स्पष्ट पार्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.