सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेतृत्वकै कारण नेविसंघ ध्वस्त भयो : प्रदीप पौडेल


  •    /३० बैशाख २०७६, सोमबार २१:३६ 
  • चितवन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले पार्टीको मूल नेतृत्वका कारण नेविसंघ ध्वस्त भएको आरोप लगाउनुभएको छ । उहाँले नेतृत्वको अकर्मण्यताका कारण नेविसंघ मृत अवस्थामा पुगेको बताउनुभयो ।

    नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका पौडेलले भरतपुर विमानस्थलमा पत्रकारहरुसंग संक्षिप्त प्रतिकृया दिँदै उक्त कुरा बताउनुभएको हो । ‘नेविसंघ निष्क्रिय छ, यो दुःखको विषय हो । यसमा मूल नेतृत्व नै दोषी छ’ नेविसंघका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका पौडेलले भन्नुभयो ।

    ‘मलगायतका साथीहरु नेविसंघका विषयमा गम्भीर छौँ, तर हाम्रो बहुमत नहुँदा नेतृत्व लेपेलिरहेको छ’ पौडेलले भन्नुभयो, ‘यो निकै गम्भीर विषय हो ।’ मूल नेतृत्वले आफूखुशी नेविसंघको नेतृत्व चयन गर्न खोज्दा यो समस्या आएको पौडेलको भनाई थियो । उहाँले आफुहरुले छिट्टै यस बारेमा निर्णय लिने बताउनुभयो ।

    वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै पौडेलले सरकारलाई दुई तिहाईको दम्भ त्याग्न आग्रह गर्नुभयो । ‘दुई तिहाई छ भन्दैमा संविधान विपरित काम गर्न पाईँदैन’ पौडेलले भन्नू भयो, ‘यसैगरि अगाडि बढ्ने हो भने जनताले सरकार ढाल्न नि सक्छन् ।’ पौडेलले संबिधानबिरोधि काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

    प्रतिपक्षिको रुपमा काँग्रेसको भूमिका कमजोर देखियो नि भन्ने पत्रकारहरुको प्रश्नमा पौडेलले भन्नुभयो, ‘काँग्रेस संसदमा आकारमा नै सानो छ, त्यसकारण त्यस्तो देखिएको होला तर खबरदारी गर्ने कुरामा काँग्रेस चुकेको छैन ।’ उहाँले काँग्रेसले अब सरकारका गलत क्रियाकलापका बिरुद्द सदन र सडकबाट आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.