सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वदेशी उत्पादन मात्रै बिक्री गर्न भरतपुर महानगर फलफूल तथा तरकारी बजार सञ्चालनमा


  •    न्युजभित्तो/२२ जेष्ठ २०७७, बिहीबार १४:०७ 
  • चितवन । बन्दाबन्दीका कारण बन्द रहेको महानगर फलफूल तथा तरकारी बजार बुधबारदेखि सञ्चालनमा आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो । यसबाट कृषकले उत्पादन गरेको तरकारी खेर गएको थियो ।

    भारतीय तरकारी बोकेका सवारी साधन बजारमा आउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाकै ठूलो सो तरकारी बजार बन्द गराएको थियो । जिल्लामा कोरोना सङ्क्रमित समेत देखिन थालेपछि स्थानीयवासीले तरकारी बजार बन्द गराउन दबाब दिएका थिए । अहिले पनि भारत तथा अन्य मुलुकबाट बजारमा तरकारी तथा फलफूल ल्याउन भने बन्द नै गरिएको छ ।

    भरतपुर महागनरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ , कृषि ज्ञान केन्द्र, महानगर फलफूल तथा थोक बजार समिति र टोल विकास संस्थाबीचको संयुक्त बैठकले फलफूल तथा तरकारी बजार खुलाउने सहमति गरेको हो ।

    सो बैठकले बिहान ६ देखि बेलुका ४ बजेसम्म सो बजार खोल्ने सहमति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । तर पहिलो चरणमा सो बजारका थोक पसलमात्र खुल्नेछन् । यी पसलले स्वदेशीउत्पादन मात्र बिक्री गर्नुपर्ने नियम बनाइएको छ । महानगर फलफूल तथा तरकारी बजारमा ६० होलसेल पसल रहेका छन् । सो बजारमा तत्कालका लागि खुद्रा बेच्न भने रोक लगाइएको छ ।

    उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा कृषक समस्यामा पर्दै आएका छन् । बजार खुल्ने भएपछि कृषकले केही राहतको महसुस गरेका छन् । यसअघि पनि कृषकले सामाजिक दूरी कायम राखेर प्रशासनलाई बजार खोल्नका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । जिल्लाकै ठूलो तरकारी बजार खुल्न नसक्दा लकडाउनको समयमा कृषकले बाहिरी जिल्लामा बिक्री गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.