सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जोखिममा रहेका महिलाहरुका लागि छुट्टै निर्देशिका बनाई लागू गर्न सांसद रावलको माग


  •    न्युजभित्तो/२० जेष्ठ २०७७, मंगलवार १५:४८ 
  • काठमाण्डौं । कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिका कारण जोखिममा परेका महिलाहरुको लागि छुट्टै निर्देशिका बनाई लागू गर्न राष्ट्रिय सभा सदस्य (सांसद) दिलकुमारी रावल थापा (पार्वती) ले माग गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभामा बोल्दै रावलले जोखिममा रहेका गर्भवती तथा सुत्केरीहरुको लागि छुट्टै निर्देशिका बनाई लागू गर्न सरकारसँग जोडदार माग गर्नुभएको हो ।

    उहाँले स्वास्थ्य संस्थामा यस्ता महिलाहरुलाई भयरत तरिकाले जान सक्ने र उपचार सेवा पाउन सक्ने स्थिति निर्माण गर्न पनि माग गर्नुभयो । नेपालमा संक्रमण बढ्दो रहेको बताउँदै उहाँले संक्रमबाट जोगिन, संयमित रहन र जारी निर्देशिका पालना गर्न पनि आम नागरिकलाई आव्हान गर्नुभयो ।

    उहाँले अगाडि भन्नुभयो “हामी लकडाउनको अवस्थामा छौं । हरेक आपत, विपत संक्रमणले पहिलो जोखिम पार्ने, गर्भवती महिला, सुत्केरी, नवजात शिशु, बालबालिका, अशक्त, जेष्ठ नागरिक अपाङ्ग भएका व्यक्तिहरु हुन् । शारीरिक र मानसिक रुपले पनि बढी संवेदनशील रहेका गर्भवती तथा सुत्केरी अवस्थाका महिलालाई हाम्रो समाजमा गरिने परम्परागत व्यवहार, अन्धविश्वासी, रुढीवादी चलन र व्यवहारले पनि उनीहरुको स्वास्थ्यमा गम्भीर असर पु¥याउँदै आएको छ ।”

    हालको अवस्थाका कारण गर्भवती र सुत्केरीहरुले सेवा अभावका कारण ५८ जनाले मृत्युवरण गर्नुपरेको समाचार माध्यममा आईरहेको बताउँदै उहाँले यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “यसको आधिकारिकता के हो ? सरकारका तर्फबाट जानकारी गराउन माग गर्दछु ।”

    लकडाउनको अवस्थामा घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, हत्या, आत्महत्याका घटनामा बढोत्तरी भएको बताउँदै उहाँले महिलाहरु कामबाट विमुख हुनु परेको, सन्तुलित आहार र औषधिको अभावमा कडा रोगसँग लड्न बाध्य भएको बताउनुभयो ।

    लकडाउनका कारण उत्पन्न परिस्थितिका कारण महिलाहरुलाई गर्भावस्थालाई व्यवस्थिापन गर्न कठिनाई भएको बताउँदै उहाँले भन्नुभयो “सिंगो राज्यको ध्यान कोरोना नियन्त्रणतर्फ गईरहेको अवस्थामा महिलामाथि भएका यस्ता घटनामा सरकारको ध्यान पुग्न सकेको छैन । यसमा सुधार ल्याउन सरकारसँग माग गर्दछु ।”

    महिलाहरुलाई उचित परामर्श, उचित स्वास्थ्य सेवा, कानुनी उपचार र सुरक्षामा विशेष ध्यान पु¥याउन पनि उहाँले सरकारसमक्ष आग्रह गर्नुभयो ।

    साथै रुकुममा भएको अमानवीय घटनाको घोर निन्दा गर्दै सांसद पार्वती रावलले अपराधमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्नुभयो । सांसद रावलले बाँके दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.