सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विश्वविद्यालय रामपुरले चार मेट्रिकटन धानको बीउ बिक्री गर्‍यो


  •    न्युजभित्तो/२० जेष्ठ २०७७, मंगलवार ११:०८ 
  • चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ । गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको समयमा पनि दोब्बर बिक्री गरेको हो ।

    विश्वविद्यालयले यस वर्षदेखि आफ्नै ‘लोगो’ र ब्राण्डसहित प्याकिङ बीउको बिक्री वितरण शुरु गरेको विश्वविद्यालयका प्रध्यापक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । कोभिड–१९ को जोखिमका कारण कृषकसँग बीउ पुग्ने सम्भावना कम रहे पनि धानको बीउ खरिद गर्न कृषक विश्वविद्यालय पुगेपछि यो समस्या हटेको हो । विश्वविद्यालयले जिल्लाका कृषि समूहलाई एकमुष्ट बीउ उपलब्ध गराएर कृषकसम्म सहजरूपमा बीउ पठाउने गरेको छ ।

    कोभिड–१९ ले अर्थतन्त्रमा ल्याएको गिरावटलाई कृषि क्रान्तिमार्फत माथि उठाउन सकिने भएकाले एक महिना अगाडिबाट बीउ वितरण गरिएको प्रध्यापक सिंहले जानकारी दिनुभयो । यसअघि विश्वविद्यालयले धानको बीउ उत्पादन गरेर अन्य कम्पनीलाई दिने गरेको थियो । प्रध्यापक सिंहका अनुसार विद्यालयले आफ्नै प्रशोधन केन्द्र र परीक्षण प्रयोगशाला स्थापना गरेपछि बीउ उत्पादन र बिक्रीमा वृद्धि भएको हो ।

    असारे धानको बीउका लागि उन्नत जातको राम र सावित्री धानको बीउ वितरण गरिएको छ । धानको बीउपछि अब मकै र गहुँको बीउ पनि प्रशोधन एवं परीक्षणको तयारीमा रहेको प्रध्यापक सिंहले बताउनुभयो । यसबाट विश्वविद्यालयको आम्दानीमा समेत वृद्धि हुने उहाँको भनाइ छ । “विश्वविद्यालयको लोगोसहित बीउ बजारमा आएपछि कृषक उत्साहित छन्”, उहाँले भन्नुभयो, “बन्दाबन्दीको समयमा पनि ठूलो परिमाणमा धानको बीउ वितरण गर्नु खुशीको कुरा हो । कृषकले अब बीउ नपाउने समस्या हुँदैन ।”

    बीउमा आत्मनिर्भर बन्न नेपाल सरकारले फार्मलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल सरकारबाट थप सहयोग पाउन सके बीउ उत्पादन क्षमतालाई वृद्धि गर्न सकिने प्रध्यापक सिंह बताउनुहुन्छ । विश्वविद्यालयले मूल बीउ नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० सँग लिएर आफ्नो फार्ममा स्रोत बीउ उत्पादन गर्दै आएको छ । स्रोत बीउ उत्पादन गर्ने कृषकलाई दिएर उन्नत बीउ बाली उत्पादन गर्ने गरेको छ । विश्वविद्यालयले करिब ९५ बिघाभन्दा बढी क्षेत्रफलमा बीउका लागि खेती गर्दै आइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
    • दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    • परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    • कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.