सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थपिए १३ जना संक्रमित, संक्रमित संख्या १ हजार ८११ पुग्यो


  •    न्युजभित्तो/१९ जेष्ठ २०७७, सोमबार २१:०२ 
  • काठमाण्डौं । कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले सङ्क्रमित एक हजार ८०० नाघेको छन् । आज सोमबार मात्र विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिन २३९ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    सोमबार डोटीमा पहिलो पटक सङ्क्रमण देखिएको छ । डोटीमा सङ्क्रमण देखिएसँगै ५९ जिल्लामा देखिएको हो । अब सङ्क्रमण नदिएका जिल्ला जम्मा १८ रहेका छन् । ती सङ्क्रमितमध्ये पुरुष २२६ जना र महिला १३ जना रहेका छन् । आज देखिएका २३९ सँगै सङ्क्रमित एक हजार ८११ पुगेका छन् ।

    सोमबार देखिएको सङ्क्रमण अहिलेसम्म बढी हो । हिजो आइतबार १६६ जना र गत शनिबार १८९ जना र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै एक हजार ७९८ जनामा देखिएको छ । तीमध्ये एक हजार ६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् ।

    सोमबार देखिएका सङ्क्रमित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा बाह्रदशीका ३२ र ४६ वर्षका पुरुष रहेका छन् । यस्तै पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपुर कावासोतीका २२ र ३६ वर्षीय पुरुष र नवलपुर विनात्रिवेणीका १४ वर्षीया बालक रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण देखिएको छ । दैलेखको नारायण नगरपालिकाका नौ जना १७ देखि ३५ वर्ष उमेर पुरुष, दैलेख सिमडाका दुई जना २४ वर्ष र २९ वर्षका पुरुष रहेका छन् । यस्तै दैलेख देवकाँडाका तीन जना १८ वर्षदेखि ३४ वर्षका, दैलेख सोतका एक जना ३५ वर्षीय पुरुष, दैलेख साँदुका एक जना २२ वर्षीय पुरुष, दैलेख जुकेपानीका एक जना ६० वर्षीय पुरुष रहेका छन् ।

    यस्तै दैलेख दुल्लुका सात जनामा पनि सङ्क्रमण देखिएको छ । तीमध्ये २३ वर्ष र ३० वर्षका महिला तथा र दुईका बालकदेखि ३९ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै जुम्ला हिमाका आठ जना पुरुष २३ वर्षदेखि ६३ वर्षका रहेका छन् । जुम्ला सिंजाका नौ जना १२ वर्षीया बालकदेखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।

    यस्तै जुम्लामा नै कार्यरत रहेका २७ वर्ष र ३४ वर्षका पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सुर्खेत अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दैलेख नारायण नगरपालिकाका १६ जना पुरुष १० वर्षीया बालकदेखि ३६ वर्ष उमेर समूहका रहेका छन् । यस्तै दैलेख महावु गाउँपालिकाका एक जना २५ वर्षका पुरुष रहेका छन् । सल्यान कुपिण्डेका १० जना पुरुष २० वर्षदेखि ४० वर्षसम्मका रहेका छन् । सुर्खेत वराहातालका पाँच जना २० वर्षदेखि २६ वर्षका पुरुष रहेका छन् ।

    यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण देखिएको छ । तिनमा कपिलवस्तु वाणगङ्गाका ३१ वर्ष र ३८ वर्षीय महिला रहेका छन् । रौतहट परौवाका १४ जना १९ वर्षदेखि ४५ वर्षका पुरुष, रौतहट यमुनामाईका तीन जना पुरुष २२ देखि ३५ वर्षका र एक जना महिला २० वर्षका रहेकी छन् ।

    यस्तै भेरी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जना डुडुवा गाउँपालिकाका १७ देखि ३५ वर्ष उमेरका पुरुष रहेका छन् । राप्ति अस्पताल दाङमा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको छ । ती सबै दाङका पुरुष हुन् । तुल्सीपुर उपमहानगरपालिकाका पाँच जना १८ वर्षदेखि ३२ वर्षका, गढवा गाउँपालिकाका दुई जना २४ वर्ष र ३६ वर्षका, लमही नगरपालिकाका एक जना ४० र राप्ति गाउँपालिकाका एक जना ३६ वर्षका पुरुष रहेका छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९२ जनामा सङ्क्रमण देखिएको छ । धनुषा धनौजीका चार जना १८ वर्षदेखि ४८ वर्षसम्मका पुरुष, धनुषा हंसपुरका दुई जना १९ वर्ष र २० वर्षका पुरुष, धनुषाकै जनकपुर अस्पतालमा रहेका एक जना २१ वर्षका पुरुष रहेका छन् ।

    यसैगरी कपिलवस्तु शिवराजका १२ जना १९ देखि ५५ वर्षका पुरुष, कपिलवस्तु हरिहरपुरका आठ जना पुरुष १९ देखि ३८ वर्षका र कपिलवस्तु महाराजगञ्जका ३० वर्ष र ३३ वर्षका पुरुष रहेका छन् । कपिलवस्तु रङ्गीलामा रहेको क्यारेन्टिनमा रहेका ११ जना १७ वर्षदेखि ३५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै कपिलवस्तु चनौटाका तीन जना पुरुष ४२ देखि ४८ वर्षका, कपिलवस्तुकै रघु सामुदायिक विद्यालयको क्यारन्टिनमा रहेका दुई जना २७ वर्ष र ४६ वर्षका पुरुष रहेका छन् ।

    महोत्तरीका दुई जना पुरुष दुवै १८ वर्षका रहेका छन् । यस्तै मकवानपुर एक जना ६४ वर्षीय पुरुष रहेका छन् । सर्लाहीको जनतामावि क्यारन्टिनमा रहेका पाँच जनामा पनि सङ्क्रमण देखिएको छ । ती नौ वर्षका बालिकासहित २७ वर्षका सबै महिला र सोही स्कुलको क्यारन्टिनमा रहेका ३३ जना ११ वर्षका बालकदेखि ७५ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

    सिराहाका पाँच जना १८ वर्षदेखि ६० वर्ष उमेरका सबै पुरुष रहेका छन् । उदपुरका हाल जनकपुर प्रादेशिक अस्पतालमा रहेका एक जना ३१ वर्षका पुरुष रहेका छन् । यस्तै प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पाल्पा निस्दी गाउँपालिकाका १७ वर्ष र ३६ वर्षका पुरुष, नवलपरासी सरावल गाउँपालिकाका–६ वर्षका बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका २६ वर्षका पुरुष, कपिलवस्तु मायादेवी गाउँपालिकाका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षका पुरुष तथा रुपन्देही गैडहवा गाउँपालिकाका तीन वर्षीया बालिका र ५४ वर्षका पुरुष रहेका छन् ।

    यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये अछामका एक जना एक वर्षका बालक कैलाली १४ जना दुई वर्षीय बालकदेखि २७ वर्ष उमेरका रहेका छन् । तीमध्ये तीन जना महिला र ११ जना पुरुष छन् । बैतडीका एक जना ३४ वर्षका पुरुष, डोटीका एक जना २५ वर्षका पुरुष र कञ्चनपुरका एक जना ११ महिनाका बालकमा पनि संक्रमण देखिएको छ ।

    अहिलेसम्म प्रदेश नं। २ मा सबैभन्दा बढी ६९४ जनामा सङ्क्रमण देखिएको छ । यस्तै प्रदेश नं। १ का नौ जिल्लामा १६८ जना, वागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लाका २६ जनामा, प्रदेश नं ५ को १० जिल्लाका ६२२ जना, कर्णाली प्रदेशका पाँच जिल्लामा १९८ जना र सुदूरपश्चिम प्रदेशमा सबै जिल्लामा ४५ जनामा संक्रमण देखिएको छ । पत्रकार सम्मेनमा काठमाडौँका एक जना र डडेल्धुराका ६ वर्षीय बालकको मृत्यु भएका व्यक्तिमा संक्रमण नदेखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

    २२१ जना डिस्चार्ज

    आज एक जना डडेल्धुरा अस्पतालबाट २८ वर्षका पुरुष डिस्चार्ज भएका छन । उनी १० दिनमा डिस्चार्ज भएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । अहिलेसम्म २२१ जना डिस्चार्ज भएका छन । तिमध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेका छन् । अहिलसम्म ७१ हजार ९०३ जनामा पीसीआर र एक लाख १३ हजार ७५७ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
    सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    • दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा
    • साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    • छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    • वर्षाले जलेश्वर जलमग्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.