सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

८२ जना कोरोना संक्रमित थपिए, सबै प्रदेश दुईका


  •    न्युजभित्तो/१९ जेष्ठ २०७७, सोमबार १६:१३ 
  • चितवन । कोरोना संक्रमण दर बढ्दै गएको छ । सोमबार प्रदेश नं. २ मा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९५ पुगेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलिखेल अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सप्तरीको राजगढ़ गाउँपालिकाका १२ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । सिराहाको सूर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टिनका ५ जना, धनुषाको धनौजी शंकर मावि क्वारेन्टिनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी महोत्तरीको लोहरपट्टी नगरपालिका क्वारेन्टिनका २ जना पुरुष, सर्लाहीको जनता मावि अगरवा क्वारेन्टिनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जनामा संक्रमण देखिएको छ । यस्तै रौतहटको परोहा नगरपालिकाका १४ जना र यमुनामाई गाउँपालिकास्थित क्वारेन्टिनका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.