चितवन । कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको पाँच दिनमा यहाँ एक पाँच महिने गर्भवती बिरामी निको भएर डिस्चार्ज भएकी छन् । भरतपुर अस्पतलामा उपचाररत हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल घर भएकी २५ वर्षीया गर्भवती महिला पाँच दिनको उपचारपछि डिस्चार्ज भएकी हुन् ।
गएको जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ती महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यस लगत्तै उनलाई हेटौंडाबाट भरतपुर ल्याईएको थियो । उनी र उनका श्रीमान् चितवनमा नै रोजगारी गर्दछन् ।
भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले उनको शरीरमा भाइरल लोड कम भएको र इम्युनिटी पावर पनि राम्रो भएकोले छिटो निको भएको हुनसक्ने बताउनुभयो । पाँच महिनाकी गर्भवती रहेकी उनको स्वास्थ्य अवस्था सामान्य छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा शुक्रबार र शनिबार दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् ।
आईतबार डिस्चार्जपछि बिदाई गर्दै आस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले कोरोना संक्रमण निको भए पनि थप १४ दिन घरमानै सुरक्षित बस्न आग्रह गर्नु भयो । समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत उहाँले सुझाब दिनुभयो ।
सोही अवसरमा अस्पतालका प्रसुती बिभाग प्रमुख डा. सुनिलमणी पोख्रेलले गर्भवती भएको समयमा कोरोना देखिएर बच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्नुभयो ।
निको भएर घर फर्कदैं गरेकी हेटौडा घर भएकी २५ वर्षिया ती महिलाले कोरोना भाईरसको संक्रमण सामान्य रहेको प्रतिक्रिया दिनुभयो । सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रक्रिया दिंदै उहाँले भन्नुभयो “कोरोना संक्रमण हुनु भनेको सामान्य रुघाखोकि लाग्नु हो आत्मबल बलियो बनाउनुस् निको हुन्छ ।”
आफुलाई कोरोना संक्रमण भएको भान नभएको बताउँदै उहाँले संक्रमण समेत कसरी भयो भन्ने विषयनै अन्योल रहेको बताउनुभयो । आफुहरु लकडाउनको समयमा र त्यस अघि पनि कतै नगएको भए पनि कोरोना संक्रमण देखिएर त्यसलाई जित्न सफल भएको उहाँको भनाई छ । कोरोना संक्रमणले मान्छे मरिहाल्ने भन्ने नभएको उहाँको तर्क थियो । उहाँले भन्नुभयो “कोरोना लाग्ने बित्तिकै मान्छे मरिहाल्ने भन्ने होईन । म गर्भबती हुँदा त तीन÷चार दिनमानै रिकोभर भएँ । तपाईहरु पनि आत्तिनु पर्दैन् तातोपानी खाने र विश्वास बढाए सन्चो भईन्छ ।”
कोरोना संक्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाहा बमोजिमका कृयाकलापहरु गरे यसलाई जित्न सहज हुने उहाँको भनाई छ । आफुहरु जेठ ९ गते चितवनबाट हेटौडा घर गएको र १० गते क्वारेन्टिनमा बसेको समयमा स्वाब परीक्षणका लागि नमुना लिई सकेपछि घर गएको र नतिजा आउँदा पोजेटिभ आए पछि उपचारका लागि यहाँ आएको उहाँले जानकारी दिनुभयो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँको नमुना लिईएको एक साता पछि शुक्रबार र शनिबार गरी पुनः स्वाब परीक्षण गर्ने क्रममा दुवै परीक्षण नेगेटिभ आएको थियो । नतिजा नेगेटिभ आए पछि उहाँलाई डिस्चार्ज गरिएको हो ।
भरतपुर अस्पतालमा यस अघि पूर्वी चितवनको राप्ती नगरपालिकाका आमा छोराले पनि कोरोना जितेर फर्की सकेका छन् । अहिले भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना बिषेश (अस्थायी) अस्पतालमा चार जना संक्रमित राखी उपचार गराई राखिएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।
चितवन । कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको पाँच दिनमा यहाँ एक पाँच महिने गर्भवती बिरामी निको भएर डिस्चार्ज भएकी छन् । भरतपुर अस्पतलामा उपचाररत हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल घर भएकी २५ वर्षीया गर्भवती महिला पाँच दिनको उपचारपछि डिस्चार्ज भएकी हुन् ।
गएको जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ती महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यस लगत्तै उनलाई हेटौंडाबाट भरतपुर ल्याईएको थियो । उनी र उनका श्रीमान् चितवनमा नै रोजगारी गर्दछन् ।
भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले उनको शरीरमा भाइरल लोड कम भएको र इम्युनिटी पावर पनि राम्रो भएकोले छिटो निको भएको हुनसक्ने बताउनुभयो । पाँच महिनाकी गर्भवती रहेकी उनको स्वास्थ्य अवस्था सामान्य छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा शुक्रबार र शनिबार दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् ।
आईतबार डिस्चार्जपछि बिदाई गर्दै आस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले कोरोना संक्रमण निको भए पनि थप १४ दिन घरमानै सुरक्षित बस्न आग्रह गर्नु भयो । समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत उहाँले सुझाब दिनुभयो ।
सोही अवसरमा अस्पतालका प्रसुती बिभाग प्रमुख डा. सुनिलमणी पोख्रेलले गर्भवती भएको समयमा कोरोना देखिएर बच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्नुभयो ।
निको भएर घर फर्कदैं गरेकी हेटौडा घर भएकी २५ वर्षिया ती महिलाले कोरोना भाईरसको संक्रमण सामान्य रहेको प्रतिक्रिया दिनुभयो । सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रक्रिया दिंदै उहाँले भन्नुभयो “कोरोना संक्रमण हुनु भनेको सामान्य रुघाखोकि लाग्नु हो आत्मबल बलियो बनाउनुस् निको हुन्छ ।”
आफुलाई कोरोना संक्रमण भएको भान नभएको बताउँदै उहाँले संक्रमण समेत कसरी भयो भन्ने विषयनै अन्योल रहेको बताउनुभयो । आफुहरु लकडाउनको समयमा र त्यस अघि पनि कतै नगएको भए पनि कोरोना संक्रमण देखिएर त्यसलाई जित्न सफल भएको उहाँको भनाई छ । कोरोना संक्रमणले मान्छे मरिहाल्ने भन्ने नभएको उहाँको तर्क थियो । उहाँले भन्नुभयो “कोरोना लाग्ने बित्तिकै मान्छे मरिहाल्ने भन्ने होईन । म गर्भबती हुँदा त तीन÷चार दिनमानै रिकोभर भएँ । तपाईहरु पनि आत्तिनु पर्दैन् तातोपानी खाने र विश्वास बढाए सन्चो भईन्छ ।”
कोरोना संक्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाहा बमोजिमका कृयाकलापहरु गरे यसलाई जित्न सहज हुने उहाँको भनाई छ । आफुहरु जेठ ९ गते चितवनबाट हेटौडा घर गएको र १० गते क्वारेन्टिनमा बसेको समयमा स्वाब परीक्षणका लागि नमुना लिई सकेपछि घर गएको र नतिजा आउँदा पोजेटिभ आए पछि उपचारका लागि यहाँ आएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँको नमुना लिईएको एक साता पछि शुक्रबार र शनिबार गरी पुनः स्वाब परीक्षण गर्ने क्रममा दुवै परीक्षण नेगेटिभ आएको थियो । नतिजा नेगेटिभ आए पछि उहाँलाई डिस्चार्ज गरिएको हो ।