सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेटौडाकी संक्रमितले चार दिनमै जितिन भरतपुर अस्पतालमा कोरोनालाई


  •    न्युजभित्तो/१८ जेष्ठ २०७७, आईतवार १०:५२ 
  • चितवन । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उहाँमा सङ्क्रमण निको भएको हो ।

    कोरोना सङ्क्रमणको आशङ्कामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब सङ्कलन गरी दुईपटकसम्म परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पताल कोभिड– १९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले सङ्क्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमा नै निको भएको बताउनुभयो ।

    यही जेठ १४ गते सङ्क्रमण पुष्टि भएसँगै उहाँलाई भरतपुर अस्पताल पठाइएको थियो । उहाँ गर्भवती भएकाले भरतपुर अस्पताल पठाइएको हो । दुई पटकको परीक्षणमा कोरोनाको नतिजा नेगेटिभ आएसँगै आइतबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको डा पौडेलले जानकारी दिनुभयो । उहाँ र उहाँका श्रीमान् भरतपुुर महानगरपालिका वडा नं १२ मा बस्दै आएका थिए । उहाँहरु बस्ने घरका घरधनीको पनि स्वाब परीक्षणका क्रममा नेगेटिभ आइसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.