सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भगाउन पूर्वी चितवनमा संसारिक पूजा


  •    न्युजभित्तो/१७ जेष्ठ २०७७, शनिबार २०:०३ 
  • चितवन । बिश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाईरस भगाउन यहाँ पूजा गरिएको छ । पूर्बी चितवनको खैरहनीमा कोरोना भाईरसको प्रकोप अन्त्यका लागि शनिबार संसारिक पूजा गरिएको हो । प्रकोप अन्त्यका लागि खैरहनी नगरपालिका वडा नम्बर १० शान्ति बजार र राप्ती नगरपालिका वडा नम्बर ८ भवानीबजारका स्थानीयले मिलेर पूजा लगाएका हुन् ।

    रोगव्याधीले आक्रमण गरेका वेला यस्तो पूजा लगाउँदा प्रकोप हट्ने विश्वासका साथ पूजा लगाईएको स्थानीय हरिप्रसाद सापकोटाले बताउनुभयो । रोगव्याधी फैलिएको बेला अग्रजहरुले पनि संसारिक पूजा लगाउने चलन रहेको बताउँदै उहाँले भन्नुभयो “अहिलेको कोरोना भाईरसको प्रकोप अन्त्यका लागि गाउँलेहरु मिलेर पूजा लगायौं ।” वि.सं. २०१७ सालमा पनि रोगको महामारी भएका वेला संसारिक पूजा लगाईएको अग्रजहरुले बताएको सापकोटाले स्मरण गराउनुभयो ।

    दुई जना पण्डितहरुले करिव ४ घण्टा लगाएर पूजा गराएका थिए । संसारिक पूजामा देवीको पूजा गर्ने गरिन्छ । पुजामा स्थानीय खेमप्रसाद दाहाल र राजु अधिकारी कर्ता रहनु भएको थियो । पूजा गाउँको नजिक फाँटमा लगाईएको थियो । पूजा लगाउने भएपछि स्थानीयले स्वतस्फुर्त रुपमा सहयोग गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.