सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको प्रशासनमा सांकेतिक विरोध


  •    न्युजभित्तो/१६ जेष्ठ २०७७, शुक्रबार २१:२५ 
  • चितवन । पश्चिम रुकुममा भएको घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा दिपप्रज्वलन गरी ध्यानाकर्षण गराएको छ । राष्ट्रिय दलित पत्रकार संघ केन्द्रको आह्वानमा जिल्ला शाखाले पनि सांकेतिक विरोध कार्यक्रम गरेको हो ।

    सरकार ! अध्यारो कहाँ छ ? उज्यालो यहाँ छ भन्ने ब्यानर सहित राष्ट्रिय दलित पत्रकार संघ चितवनको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकाल, क्रियाशील पत्रकार महिला चितवनका अध्यक्ष प्रमिता ढकाल, नेपाल प्रेस युनियन चितवन शाखाका सचिव प्रस्ताव सुवेदीले विरोध कार्यक्रममा प्रतिनिधिमुलक ऐक्यवद्धता जनाए ।

    सांकेतिक विरोध कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखा अध्यक्ष अमिर रामदामले रुकुम पश्चिम घटना सिंगो दलित समुदाय माथीको आक्रमण भएको बताउनुभयो । उहाँले पत्रकारिता मार्फत समाज सुसुचित गर्ने क्रममा आफ्नै समुदायमा भएको अन्याय विरुद्ध एकजुट हुनैपर्ने भन्दै मानवताको लागि हातेमालो गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडाले रुकुम पश्चिममा भएको घटना क्षमा गर्न नसकिने कसुर मध्यको भएको बताउनुभयो । नेपाली समाजमा अझै पनि यस्ता जघन्य क्षमा गर्न नसकिने अपराधले प्रश्रय पाउनु चिन्ताजनक भएको उहाँले टिप्पणी गर्नुभयो ।

    कार्यक्रममा नेपाल प्रेस युनियन चितवन शाखा अध्यक्ष अनिल ढकाल, क्रियाशील पत्रकार महिला चितवनका अध्यक्ष प्रमिता ढकाल, राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाका उपाध्यक्ष गोपाल विश्वकर्माले यस घटनालाई अझ शसक्तरुपमा मिडिया मार्फत कलम चलाउन सबैलाई आग्रह गर्नुभयो ।

    रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक लगायत ५ मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तामुटारमा पक्की पुल निर्माण
    पूर्वाधारतर्फ सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    • इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    • बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.