सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजधानीको प्रकृया शुरु गर्न माग गर्दै नेपाली काँग्रेसद्वारा प्रदेश ३ को संसद अवरुद्ध


  •    /३० बैशाख २०७६, सोमबार १५:०१ 
  • हेटौंडा । स्थायी राजधानी तोक्ने प्रकृया सुरु नगरेसम्म संसद चल्ने नदिने अडानसहित प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले आज प्रदेश ३ को संसद अवरुद्ध पारेको छ । प्रदेश सभाको वर्षे अधिवेशन सुरु भएलगत्तै प्रदेश ३ को आजको संसद बैठक नेपाली काँग्रेसका सांसदहरुले उठेर अवरुद्ध गरेका हुन् ।
    सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोईरालाले पठाएको पत्रहरु पढेर सुनाउनुभएपछि वर्षे अधिवेशनको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तब्य राखेलगत्तै संसदको अरु काम कारवाही अगाडि नबढाउन भन्दै काँग्रेसका सांसदले उठेर संसद अवरुद्ध पारेका थिए । सभामुख श्रेष्ठले सांसदहरुलाई बस्नका लागि आग्रह गरेपछि प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले स्थायी राजधानीको प्रकृया सुरु नगरेसम्म संसद चल्ने नदिने बताउनुभयो ।

    प्रदेश ३ मा दुइतिहाईको सत्तारुढ नेकपाले स्थायी राजधानी तोक्ने र नामकरण गर्ने विषयलाई पछडि धकेल्दै लगेको भन्दै रुष्ट भएका काँग्रेश सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् । राजधानी र नामकरणको प्रकृया सुरु नगरेसम्म संसद बैठक चल्ने नदिने काँग्रेस संसदीय दलका नेता बानियाँले बताउनुभयो । स्थायी राजधानीको विषयलाई यसअघिकै अधिवेशनमा ल्याउने भनिएपनि वर्षे अधिवेशन सुरु हुँदासमेत राजधानीको प्रकृया सुरु नगरेकाले संसद अवरुद्ध गर्नुपरेको बानियाँले बताउनुभयो । यस अघिनै प्रदेश राजधानी र नामकरणको प्रकृया वर्षे अधिवेशनमा सुरु गर्ने भनिएपनि त्यसको विषयले आजको बैठकमा पनि प्रवेश पाएन ।

    यता सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता शालिकराम जम्कट्टेलले काँग्रेसले संसद असरुद्ध गरेर अमर्यादित काम गरेको बताउनुभयो । उहाँले काँग्रेसले गरेको यो बिधिबाट राजधानी तोकिन नसकिने बताउनुभयो । राजधानी तोकिनुपर्छ भनेर आफुहरुले पनि आवाज उठाएकाले यो विषयको टुङ्गो वर्षे अधिवेशनबाट लगाईने उहाँले बताउनुभयो ।

    प्रदेश सभा गठन भएको एक वर्ष नाघिसक्दासमेत राजधानीको विषयले प्रवेश नपाएको भन्दै नेपाली काँग्रेसले यसअघिनै संसद अवरुद्ध गर्ने चेतावनी दिईसकेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.