हावाहुरीका कारण भरतपुर र गैंडाकोटमा तीन जनाको ज्यान गयो, चार जना घाइते
न्युजभित्तो/१२ जेष्ठ २०७७, सोमबार ०८:५३
चितवन । आइतबार साँझ आएको हावाहुरीका कारण भरतपुर र गैंडाकोटमा तीन जनाको ज्यान गएको छ । भरतपुरमा देवघाट जाने बाटो मर्मत गर्ने काममा खटिएका एक व्यक्तिको रुखले च्यापिएर र गैंडाकोटमा कुखुराको खोर भत्किदा दुई जनाको ज्यान गएको हो ।
भरतपुर महानगरपालिका–१, देवघाट नजिक आँपटारीबाट देवघाटतर्फ जाने भित्री बाटो मर्मत गरिरहेको अवस्थामा सोमबार साँझ एक्कासी हावाहुरी र पानी पर्दा सडकको छेउमा रोकिराखेको ट्रयाक्टरमुनि ओत लागेर बसेको अवस्थामा सालको रुख ढली ट्रयाक्टरमाथि लाग्दा चेपिएर घाइते भएका भरतपुर–१२ का २९ वर्षीय रामबहादुर बिकको उपचारको क्रममा बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभएको छ । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा ३४ वर्षीय सुरेश बिक, ३६ वर्षीय दीपक कुमाल, ३१ वर्षीय प्रदीप शर्मा र ट्रयाक्टर चालक शम्भु खड्का रहेका छन् । उनीहरु सबै भरतपुर–१२ का रहेका र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रुख ढलेर अवरुद्ध भएको बाटो प्रहरीले अवरोध हटाएर सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी, हावाहुरीकै कारण कुखुराको खोर भत्किएर च्यापिदा गैंडाकोटमा दुई जनाको मृत्यु भएको छ । हिजो साझ आएको हावाहुरी सहितको वर्षाले खोर भत्किदा खोरमा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका–८ का ३५ वर्षका काशिराम पौडेल र ४० वर्षका सूर्यबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गैंडाकोटले जानकारी दिएको छ ।
गैंडाकोट नगरपालिका वडा नम्वर–६, नारायणी नदि नजिकै पौडेल र भण्डारीले संयुक्त रूपमा लोकल कुखुरा पाल्दै आएका थिए । इलाका प्रहरी कार्यालय, गैंडाकोटका प्रमुख, प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार अत्यधिक ठूलो हावाहुरीले बाँस र खरबाट बनेको कच्ची खोर पूर्ण रुपमा भत्किएको छ ।
संलग्न तस्वीर : हावाहुरीले गैंडाकोट–६ मा भत्किएको कुखुराको खोर । यही खोरमा च्यापिएर दुई जनाको मृत्यु भएको हो ।