सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोटो समयमा नै दर्शक श्रोताको मन जित्दै ‘आँशुको अर्थ २’ (भिडियो)


  •    /२७ चैत्र २०७५, बुधबार १२:०३ 
  • चैत्र २४ – आँशुको अर्थ को अपार सफलता पछी सार्वजनिक भएको ‘आँशुको अर्थ २ – मेरो भागको खुशी’ छोटो समयमा नै दर्शक श्रोताको मनमा बस्न सफल भएको छ । युट्युबमा सार्वजनिक भएको ३ दिनमै गीतलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । सार्वजनिक भएको केही घण्टामा नै युट्युब ट्रेन्डिङमा परेको गीत अहिले ट्रेन्डिङ नम्बर १६’ मा पेरिसकेको छ ।

    गीतले अहिले सम्म युट्युबमा ३ लाख ९० हजार भन्दा धेरै भ्यु पाईसकेको छ । गीतले अहिले सम्म १८ हजार भन्दा धेरै लाइक प्राप्त गर्दा जम्मा २६० डिसलाइक पाएको छ । गीतले युट्युबमा राम्रो कमेन्ट प्राप्त गरिरहेको छ । गीतको शब्द, संगीत, स्वर देखी म्युजिक भिडियो सबै उत्कृष्ट बनेको दर्शक श्रोताहरुले बताएका छन् । युट्युबमा कमेन्ट गरेका धेरैले गीत आफ्नो वास्तबिक जीवन सँग मेल खाएको बताएका छन् । हाल गीतले निकै राम्रो वार्ड अफ माउथ प्राप्त गरिरहेको छ ।

    संचारकर्मी रवि अधिकारीले लेखेको गीतको शब्दले मन छुएको दर्शकहरुको प्रतिकृया प्राप्त गरिरहेको छ । गीतको एक एक शब्दले मन छोएको दर्शकहरुले बताएका छन् । यो गीतको शब्दले मायामा धोका खाएकाहरुको वास्तबिक कथा बोकेको दर्शक श्रोताहरुको भनाई रहेको छ । यस अघी ‘आँशुको अर्थ’ को शब्द पनि संचारकर्मी अधिकारीले नै लेखेका हुन् ।

    यस्तै गीतको शब्द अनुसारको संगीत पनि उत्कृष्ट बनेको श्रोताहरुको प्रतिकृया रहेको छ । शिव परियारको स्वरले सुनमा सुगन्ध थपेको श्रोताहरुको भनाई रहेको छ । गीतमा गायक शिवकै संगीत रहेको छ । सुगम संगीतका बादशाह गायक शिवले यस गीतमा संगीतकारको रुपमा पनि उत्कृष्ट काम गरेको श्रोताहरुको प्रतिकृया पाईरहेको छ । युट्युबमा कमेन्ट गर्दै दर्शकहरुले धेरै समय पछी फेरी राम्रो गीत सुन्न पाएको प्रतिकृया दिईरहेका छन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

    गीतको भिडियोमा फिचर्ड रहेका सन्नी सिंह र ज्योत्सना योगीको अभिनयलाई पनि दर्शकहरुले निकै रुचाएका छन् । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । भिडियोमा बुद्द थापाको सिनेमाटोग्राफी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.