सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित


  •    न्युजभित्तो/६ जेष्ठ २०७७, मंगलवार १९:३४ 
  • काठमाडौँ । सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सङ्घीय संसदको दुवै सदनबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको बहुमतबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

    सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्षी दलहरूले विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले पारित भएको हो।

    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । त्यसअघि प्रधानमन्त्री केपि शर्मा ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गर्नुभएको थियो ।

    त्यसैगरी, राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो ।

    बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले प्रस्ताव पारित भएको हो । कार्यक्रममाथि सदस्य अनिता देवकोटा, शेखरकुमार सिंह र प्रमिलाकुमारीले गर्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । पारित कार्यक्रमका आधारमा सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।

    बैठकले केही नेपाल ऐन संशोधनको साविकको ऐन जगाउनेसम्बन्धी ऐनलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.