सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिडिया काउन्सिल विधेयकप्रति प्रेस युनियन चितवनको विरोध


  •    /२९ बैशाख २०७६, आईतवार २२:२५ 
  • चितवन । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकप्रति नेपाल प्रेस युनियन, चितवनले विरोध गरेको छ । पत्रकारहरुको अधिकार कुण्ठित गर्दै आम नागरिकको सूचनाको हकमाथिसमेत बन्देज लगाउने प्रयास गरेको, प्रेस काउन्सिल रहँदा पनि मिडिया काउन्सिलको नाममा सरकारले स्वतन्त्र पत्रकारिता माथि हस्तक्षेप गरेको प्रेस युनियन चितवनले आरोप लगाएको छ ।

    सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गरेपछि युुनियन चितवनको बैठकले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

    शाखाका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा बसेको बैठकले सरकारले पत्रकारहरुलाई कानुनी कठघरामा उभ्याउने दुस्प्रयास गरेको आरोप समेत लगाएको छ । बैठकले सरकारले ल्याउन लागेको विधेयक स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकार महासंघ र प्रेस युनियन केन्द्रिय समितिले गर्ने हरेक आन्दोलनमा उल्लेख्य सहभागिता जनाउने निर्णय गर्दै यसमा ऐक्यबद्धता जनाउन आम पत्रकारहरुलाई आहन समेत गरेको संघका सचिव प्रस्ताव सुवेदीले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.