सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जलवायु परिवर्तन विषयमा विश्व ‘सही बाटोमा छैन’ : गुटेर्रेस


  •    /२९ बैशाख २०७६, आईतवार २२:०० 
  • न्यूजिल्याण्ड (रासस/एएफपी)
    जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसल बताउनुभएको छ ।

    दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहनुभएका राष्ट्रसङ्घ प्रमुखले न्यूजिल्याण्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले पेरिस सहमतिले परिभाषित गरेको उद्देश्य प्राप्त गर्न गर्नुपर्ने काम कुनै पनि ठाँउमा नभएको प्रष्ट देखिन थालेको छ ।”

    “अन्तर्राष्ट्रिय राजनीतिक सङ्कल्प हराउँदै गएको छ, खासगरी यसबाट साना टापूहरू जो समुद्री सतहबाट निकै नजिकको उचाइमा रहेका छन्, धेरै प्रभावित भइरहेका छन् ।”

    जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई औद्यौगिक क्रान्तिपूर्वको तापक्रम अर्थात् १।५ डिग्री सेल्सियसमा सिमित गर्ने योजना अघि सारेको भएपनि यसलाई कार्यान्वयनको तहमा लान तापमान वृद्धिमा उल्लेख्य भूमिका खेल्दै आएका विश्वका विकसित तथा सम्पन्न कतिपय मुलुकले नै आनाकानी गरिरहेका उहाँको भनाइ थियो ।

    विरोधाभासको कुरा के छ भने पृथ्वीको तापक्रम झनभन्दा झन विग्रिँदै गएको तर राजनीतिक कदमहरू विस्तारै प्रभावहीन बन्दै गएका उहाँले न्यूजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अर्डर्नसँगको संयुक्त प्रेस सम्मेलनमा अकल्याण्डमा बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.