सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीपी फाउण्डेसनद्वारा फोटो पत्रकार महासंंघलाई प्रेस ज्याकेट हस्तान्तरण


  •    न्युजभित्तो/३ जेष्ठ २०७७, शनिबार २२:३८ 
  • काठमाडौँ । नेपाल फोटो पत्रकार महासंघलाई जीपी फाउण्डेसन नेपालले दुई सय थान प्रेस ज्याकेट सहयोग स्वरूप उपलब्ध गराएको छ ।

    उक्त प्रेस ज्याकेट फाउण्डेसनकी अध्यक्ष सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका बीच महासंघलाई काठमाडौँमा शनिबार हस्तान्तरण गर्नुभयो । कोरोनाको अत्यधिक जोखिममा रहेका क्षेत्रमा कार्यरत फोटो पत्रकारहरूलाई लक्षित गरि प्रेस ज्याकेट हस्तान्तरण गरिएको हो ।

    त्यस अवसरमा फाउण्डेसनकी अध्यक्ष कोईरालाले फोटो पत्रकारहरूले सधैँ अग्रपंक्तिमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले पहिचानका लागि सहज होस् भनेर फाउण्डेसनले प्रेस ज्याकेट सहयोग गरेको बताउनुभयो ।

    फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले कोरोना महामारिका कारण विभिन्न क्षेत्रमा लकडाउन र निषेधाज्ञा जारी भएकाले हालको अवस्थामा फिल्डमा अग्रपंक्तिमा रहेर रिपोर्टिङ गर्नुपर्ने फोटो पत्रकारलाई प्रेस ज्याकेटले ठूलो सहयोग पुग्ने भन्दै फाउण्डेसनलाई धन्यवाद दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.