बुद्ध जयन्तिको अवसरमा आज साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न प्रमको आह्वान
न्युजभित्तो/२५ बैशाख २०७७, बिहीबार १७:०९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रुप दिन सार्थक प्रयास जारी रहेको बताउनुभएको छ । विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औँ जन्मजयन्तिका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल सँगै बुद्ध दर्शनको उद्गमस्थल पनि हो भन्ने तथ्यमा विश्वको ध्यान जानु जरुरी रहेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दै ‘सबैको कल्याण होस्, सबैको मंगल होस्, सबैमा शान्ति र सुख प्राप्ति होस्’ भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।
२५६४ औँ बुद्ध जयन्तिका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको शुभकामना सन्देश : २५ बैशाख २०७७
आज विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औं जन्मजयन्ति हो । सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय बैशाख दिवस (द डे आफ भेसाक) का रुपमा मनाउने घोषणा गरेको थियो । हामीले बुद्ध जयन्तीलाई लुम्बिनी दिवसका रुपमा पनि मनाउँदै आएका छौं ।
यस अवसरमा म विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
सिंगो विश्व कोरोना भाइरसको संक्रमण र महामारीबाट प्रभावित नभएको भए आज हामी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य आयोजना गरिरहेका हुनेथियौं । गत साल भियतनामको हनोइबाट यसको घोषणा गरे बमोजिम अन्तर्राष्ट्रिय बैशाख दिवसको तयारीमा लागि रहेका हुनेथियौं । नेपाल भ्रमण बर्ष २०२० को एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा लुम्बिनी चहलपहलमय हुनेथियो । भैरहवाको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा कतिपय चार्टर फ्लाइटहरु अवतरण भइरहेका हुनेथिए । बुद्ध जयन्तीसँगै आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुले विश्व समुदायमाझ लुम्बिनी र नेपालको विशेष ध्यान खिचिएको अवस्था हुनेथियो ।
यी अवसर र सफलताहरुबाट यस बर्ष हामी बञ्चित हुनुपुगेका छौं । यस बर्षको बुद्ध जयन्ती हामीले राष्ट्रव्यापी लकडाउन भइरहेको र अन्तर्राष्ट्रिय उडान आगमनसमेत रोकिएको बन्दप्रायः अवस्थामा मनाउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
शाक्यमुिन बुद्धको जीवनमा सात अङ्कको अनौंठो संयोग रहेको पाइन्छ । भनिन्छ उहाँ जन्मनासाथ सात पाइला हिंड्नुभएको थियो । जन्मेको सात दिनमा आमा मायादेवीको निधन भएको थियो । छ बर्षसम्म अनवरत तपस्या गरी सातौं बर्षमा उहाँले बुद्धत्व प्राप्त गर्नुभएको थियो । र, उहाँको महापरिनिर्वाणपछि पार्थिव शरीरलाई के गर्ने भनी सात दिनसम्म पर्खिएर निर्णय गरिएको थियो ।
हाम्रो देश नेपाल, शाक्यमुनिसँगै बुद्ध धर्म, बुद्ध दर्शन र तीनवटा बुद्धको जन्मस्थलका रुपमा प्रख्यात रहेको छ । सम्राट अशोकले इ.पू. २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेख सहितका एक एकवटा स्तम्भ स्थापना गर्नुभएको पाइन्छ ।
पाल्पाका गभर्नर जनरल खड्ग शमशेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारेसँगै लुम्बिनी पुनः पत्ता लाग्यो । ब्रम्ही लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेको तथ्य प्रमाणित भएको सर्वविदितै छ ।
अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलबस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भयो । साथै, नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपा अहिलेसम्म उत्खनन् नभएको मौलिक स्तुपाका रुपमा रहेको छ, जहाँ शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहेको छ । एक घन्टाको यात्राबाट ३ वटा बुद्धको जन्मस्थलसम्म पुग्न सकिने यस्तो संयोग संसारमा कहींकतै पाइदैंन ।
नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व छ । यहाँ संयुक्त राष्ट्र संघको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको छ । लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रुप दिन सार्थक प्रयास जारी छ । हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीहरुसँगै पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिइरहेका छौं । लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो, त्यति मात्र होइन, यो बुद्ध दर्शनको उद्गमस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।
सरकारले चालेको प्रभावकारी कदम र सम्बद्ध सबैको रचनात्मक सहयोगका कारण कोरोना भाइरसको संक्रमणबाट हालसम्म नेपालमा कुनै पनि मानवीय क्षति भएको छैन । यो हामी सबैका लागि सन्तोषको कुरा हो । यस महामारीबाट विश्वभरि ज्यान गुमाउने सबैप्रति म, भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै, संक्रमितहरु सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु ।
यस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यवद्धता प्रदर्शन गर्न हामीलाई यस दिनले थप प्रेरित गरिरहेको छ । विश्वव्यापी साझा प्रयाश र एकताको बलमा यस महामारीलाई परास्त गरी मानव समुदायको जीवनरक्षा गर्न सफल हुनेमा म विश्वस्त छु ।
कोरोना महामारीमा जीवन गुमाउनेहरुको स्मृतिमा, लकडाउनका कारण मानसिक तनावमा परेकाहरुमा शान्तिका लागि र संक्रमितहरुको स्वास्थ्यलाभ तथा उनीहरुको उपचार र हेरचाहमा संलग्न रहेका अग्रपंक्तिका योद्धाहरुप्रति ऐक्यवद्धता जाहेर गर्न बुद्ध जयन्तिको यस पावन दिनका अवसरमा लुम्बिनी र सबै चैत्य, गुम्बा, ध्यान केन्द्रहरु र आ–आफ्ना घरमा बैशाख २५ गते साँझ ७ः०० बजे दीप प्रज्ज्वलन गर्न समेत म सबैमा हार्दिक आह्वान गर्दछु
सबैको कल्याण होस्, सबैको मंगल होस्, सबैमा शान्ति र सुख प्राप्ति होस् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रुप दिन सार्थक प्रयास जारी रहेको बताउनुभएको छ । विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औँ जन्मजयन्तिका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल सँगै बुद्ध दर्शनको उद्गमस्थल पनि हो भन्ने तथ्यमा विश्वको ध्यान जानु जरुरी रहेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दै ‘सबैको कल्याण होस्, सबैको मंगल होस्, सबैमा शान्ति र सुख प्राप्ति होस्’ भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।
२५६४ औँ बुद्ध जयन्तिका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको शुभकामना सन्देश :
२५ बैशाख २०७७