सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाको स्थायी कमिटी बैठक स्थगित


  •    न्युजभित्तो/२४ बैशाख २०७७, बुधबार २१:१८ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीबार हुने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार बोलाइएको स्थायी कमिटी बैठक स्थगित गर्नुभएको हो ।

    स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न बाँकी रहेको र सरकारको नीति तथा कार्यक्रम र बजेटको बिषयमा सरकारले रफ्तारमा काम गर्नुपर्ने अवस्थाका आधारमा दुवै अध्यक्षले बैठक स्थगित गर्ने निर्णय लिनुभएको बताइएको छ । नेकपाको गत बैशाख २० गते बसेको सचिवालय बैठकले बिहीवार स्थायी कमिटी बैठक बोलाउने र सो बैठकमा सहमतिको एजेण्डा लाने निर्णयसहित आज सचिवालयको बैठक तोकेको थियो ।

    आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले गृहकार्य नपुगेको जानकारी दिनुभएपछि बैठकको एजेण्डादेखि बैठक बस्ने कि नबस्ने भन्ने निर्णय लिन अध्यक्षद्वयलाई जिम्मा दिएको थियो । सचिवालय बैठकलगत्तै अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी स्थायी समिति बैठक नबस्ने निर्णय लिनुभएको हो । नेकपामा दुई अध्यक्षको सहमतिमा भएको कुरा नै आधिकारिक निर्णय हुने बिधानको ब्यवस्था छ । सोहीअनुसार स्थायी कमिटी बैठक स्थगित भएको हो ।

    बैठक माग गर्ने स्थायी कमिटीका सदस्यहरुले छुट्टै भेला गरी हस्ताक्षर अभियान चलाएको, पार्टी बैठकमा भन्दा अन्यत्रै ध्यान दिएको र बैठक माग गर्ने सदस्यहरुबीचमै चर्को बिवाद भएको अवस्थालाई मध्यनजर गरी ओली र प्रचण्डले बैठक स्थगित गरी नीति कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्ने निर्णय लिनुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.