सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘विप्लब’का छैटौँ तहका नेता विरहीको प्रहरीको निगरानीमा विशिष्ट सुविधासहित उपचार हुँदै


  •    न्युजभित्तो/२४ बैशाख २०७७, बुधबार १४:४५ 
  • चितवन । नेत्रविक्रम चन्द ‘विप्लब’ समूहसम्बद्ध केन्द्रीय नेता अनिल शर्मा ‘विरही’को भरतपुर अस्पतालमा क्याबिनमा राखेर उपचार भइरहेको छ । उहाँ लिस्नुबाट लडेपछि ढाडको उपचार गर्ने क्रममा मंगलबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा आइपुग्नुभएको थियो ।

    प्रहरीको निगरानीमा रहनुभएका उहाँलाई सोही साँझ भरतपुर अस्पतालमा भर्ना गरी क्याबिन नं ३०२ मा राखिएको छ । वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार भरतपुर अस्पतालमा पाउने सबै विशिष्ट सुविधा दिएर उहाँको उपचार गर्ने काम जारी छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विरहीको भरतपुर अस्पतालमा उपचार भइरहेको र उपचारमा कुनै कमी हुन नदिने बताउनुभयो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा अधिकारीले उहाँको रोगअनुसार विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने काम गरिरहेको र मधुमेह, मिर्गौला, थायरायड र उच्च रक्तचापको समेत उपचार भइरहेको जानकारी दिनुभयो ।

    डा अधिकारीका अनुसार विरहीलाई पहिलेदेखि नै ती रोगको समस्या थियो । लिस्नुबाट लडेपछि उच्च रक्तचापको समेत समस्या थपिएको छ । आजैदेखि उच्च रक्तचाप नियन्त्रणका लागि औषधि प्रयोग गरिएको छ ।

    अस्पतालका हाडजोर्नी तथा नशा रोग विभागका प्रमुख डा श्रवणकुमार थापाका अनुसार विरहीको मेरुदण्डको हाड थोरै मात्र धसिएको छ । अहिले विरहीलाई आरामको आवश्यकता रहेको बताउँदैै उहाँले नदुख्ने औषधि मात्रै दिइएको र पछि फिजियोथेरापीसमेत गरिने जानकारी दिनुभयो ।

    अध्यक्ष डा अधिकारीसहित फिजिसियनको समूहले पनि विरहीको स्वास्थ्य परीक्षण गरिरहेको छ । अस्पतालले उहाँको स्वास्थ्य समस्यानुसार विशेषज्ञ चिकित्सकको पालो मिलाएर परीक्षण गरिएको जानकारी गराएको छ । विरहीको परिवारले पनि अस्पतालमा उहाँको आवश्यक सम्पूर्ण उपचार भइरहेको जनाएको छ ।

    पार्टीको मर्यादाक्रममा छैटौँ तहका नेता विरही हाल प्रकाशन विभागका प्रमुख हुनुहुन्छ । भूमिगत अवस्थामा चितवनको राप्ती नगरपालिका वडा नं १० समिटारमा रहेको अवस्थामा घरको लिस्नुबाट झर्ने क्रममा लडेर उहाँको ढाडमा समस्या आएको हो । उक्त समस्यापछि उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा आएको समयमा प्रहरीले उहाँलाई निगरानीमा राखेको हो । प्रहरीले नै साँझ उहाँलाई भरतपुर अस्पताल ल्याएको हो ।

    रत्ननगर नगरपालिका वडा नंं ५ निवासी ५० वर्षीय विरही बाल्यकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रही लामो समयदेखि भूमिगत रहँदै आउनुभएको थियो । सर्वहारा श्रमिक संगठनबाट राजनीति शुरु गर्नुभएका उहाँ नेकपा (एकता–केन्द्र), नेकपा (माओवादी) हुँदै अहिले नेत्रविक्रम चन्द ‘विप्लब’ निकट राजनीतिमा सक्रिय हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.