सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर कोरोना अस्पतालको अनियमितता र चोरीको मुद्दालाई लिएर कांग्रेस चितवनले आन्दोलन चर्काउने


  •    न्युजभित्तो/२३ बैशाख २०७७, मंगलवार १९:३० 
  • चितवन । नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको नेतृत्वमा निर्माण भएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा भएको अनियमितता र चोरीको मुद्दालाई लिएर आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ । काँग्रेस चितवनको आज (मंगलबार) सम्पन्न पदाधिकारी बैठकले कोरोना अस्पतालमा भएको अनियमितताका बिषयमा सडक संघर्ष नभई सामाजिक सञ्जालमा अभियान चलाउने निर्णय गरेको हो । दोषिलाई निलम्बन गरी कारवाही नगरेसम्म आन्दोलन जारी राख्ने बैठकले निर्णय गरेको छ ।

    कोरोनाको त्रासको समयमा सरकारले गरेको लकडाउनलाई ध्यानमा राख्दै सामाजिक सञ्जालमार्फत आन्दोलन जारी राख्ने र सामाजिक दुरी कायम गर्दै अन्तक्रिया र बहसका कार्यक्रमहरु संञ्चालन गर्ने निर्णय भएको काँग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनुभयो। अनियमितता र चोरी प्रकरणमाथि छानबिनका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा डेलिगेसन जाने निर्णय पनि कांग्रेसले गरेको जोशीले जानकारी दिनुभयो ।

    यस्तै आन्दोलन सशक्त बनाउनका लागि भरतपुर महानगर अन्तर्गत काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीलाई निर्देशन दिने तथा जिल्लाका अन्य बिपक्षी दलहरुसँग छलफल गरेर साझा धारणा बनाई अघी बढ्ने निर्णय समेत भएको उहाँले बताउनुभयो । कोरोना अस्पतालमा भएको अनियमितता र चोरी प्रकरण संवेदनशील बिषय भएकोले जिल्लाका नागरिक समाज, नागरिक अगुवा, बुद्धिजीवि पेशाकर्मी तथा व्यवसायीहरुलाई पनि घटनाको छानबिन र दोषीलाई कारबाहीको लागि आवाज उठाउन आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

    काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सातै स्थानीय तह र ९८ वटा वडामा क्वारेन्टाइन बनाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ । बिदेशबाट आउनेहरुको संख्या बढ्दै जाने र कोरोनाको जोखिम दिनानुदिन बढेकोले सबै निकायमा क्वारेन्टाइनको ब्यवस्था गर्न माग गरेको हो ।

    राहत तत्काल वितरण गर्न पनि सम्बन्धित पक्षसँग आग्रह गरेको छ । राहत वितरणका क्रममा अनियमितता भएको सूचना आईरहेको भन्दै सर्वदीय, सर्वपक्षीय निर्णय अनुसार राहत बितरण गर्न बैठकले माग समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.