काठमाडौँ । मन्त्रिपरीषद्को आज बसेको बैठकले हालै मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ती अध्यादेश संविधानको धारा ११४ (ख) बमोजिम फिर्ता गर्ने निर्णयका साथ राष्ट्पति समक्ष सिफारिस गर्ने निर्णय भएको बताउनुभयो । गत बैशाख ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधान) अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।