सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घिसिङ आत्महत्या प्रयास प्रकरण : डिएसपी ज्ञवालीलाई काठमाण्डौं पठाईयो


  •    /२७ बैशाख २०७६, शुक्रबार १९:३१ 
  • चितवन :
    ईलाका प्रहरी कार्यालय रत्ननगरमा बिहीबार मध्यान्ह एक थुनुवाले आत्महत्याको प्रयास गरेपछि शुक्रबार उक्त कार्यालयका प्रमुख डिएसपी दयानिधी ज्ञवालीलाई काठमाण्डौं पठाईएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले ज्ञवालीलाई तत्काल काठमाण्डौं पठाउने निर्णय गरेको हो । उहाँ शुक्रबारै काठमाण्डौं प्रस्थान गरिसक्नु भएको छ ।

    बैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका कालिका नगरपालिका वडा नं. १ का समिर घिसिङ्ले २६ गते थुनुवा कक्षमा रहेको शौचालयमा आत्महत्याको प्रयास गरेका थिए । उक्त घटनापछि गम्भीर घाईते घिसिङको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशीलसिंह राठौरले ज्ञवालीलाई काठमाण्डौं पठाएर प्रहरी निरीक्षकको कमाण्डमा अर्को व्यवस्था नभएसम्म कार्य सम्पादन गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।

    सर्वदलीय बैठकले घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । राजनैतिक दलका प्रतिनिधि, पीडित परिवारका प्रतिनिधि, रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका सम्बन्धित वडाका वडा अध्यक्ष, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, राष्ट्रिय अनुसन्धन कार्यालय चितवनका अनुसन्धान अधिकृत र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि रहने गरी १२ सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिले छानबिन गरी एक साताभित्र घटनाको विस्तृत प्रतिवेदन पेश गर्ने छ ।

    बैठकले गम्भिर भएका घिसिंङ्को उपचारका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँंग समन्वय गरेर थप उपचारका लागि पहल गर्ने, पक्राउ परेका ३७ जनालाई तत्काल रिहाई गर्ने सहमति भएको बैठकमा सहभागि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार राजनैतिक दलहरुले घाईते घिसिङ्को परिवारलाई उचित क्षतिपूर्तिको समेत माग गरेका छन् ।

    घिसिङ बिहीबार हिरासतभित्रको शौचालयमा आफैले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको थियो । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    घिसिङका आफन्तले भने उनको मृत्यु भईसकेको भन्दै बिहीबार साँझ ईलाका प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सो क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.