सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन क्षेत्र नं. २ (२) मा ८० करोडका योजना छनोट


  •    /२७ बैशाख २०७६, शुक्रबार १८:३७ 
  • चितवन :

    आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश नम्बर ३ अन्तर्गत चितवन क्षेत्र नम्बर २ ‘२’ ले विभिन्न चार वटा योजनाहरु छनौट गरेको छ । आगामी वर्षका लागि प्रदेश सरकार नीति तथा योजना आयोगमा पठाउने गरी चार वटा योजनाहरु सर्वसम्मत रुपमा छनौट भएको प्रदेशसभा सदस्य विजय सुवेदीले जानकारी दिनुभयो ।

    शुक्रवार भएको बैठकले नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरेको सुवेदीले बताउनुभयो । गणेशधाम पुँगी खोला तलाउ निर्माण र केरुङगा घोल व्यवस्थापनका लागि ५० करोड माग गरिएको उहाँले जानकारी दिनुभयो । पुँगी खोला र केरुङगा घोलको डिपिआर निर्माणको चरणमा रहेकाले यसलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । यस्तै भरतपुर वडा नम्बर १०, ११, १२ र ७ को फोहोर पानी शुद्धिकरण सहित ढल व्यवस्थापनका लागी १० करोड रुपैंयाँको योजना अघि सारिएको छ । यसले भरतपुर अस्पताल र जिल्ला कारागारमा पानी जम्ने समस्या समाधान हुने सुवेदीले बताउनुभयो ।

    १० करोडको अर्को योजनामा भरतपुर ४ बाह्रघरे २ नम्बर पुल विशालचोकदेखि वडा नम्बर ५ को त्रिवेणी चोक हुँदै गीतानगरसम्म पुग्ने सडकको ढल व्यवस्थापन सहित कालोपत्रे रहेको छ । यो सडकको डिपिआर समेत भइसकेको छ । त्यस्तै भरतपुर केन्द्रीय बसपार्कबाट बोहोरामार्ग, घोलबजार हुँदै गणेस्थान आँपटारी सडकका लागि १० करोड माग गरिएको छ । बाइपास सडक व्यस्त हुने भएकाले भित्रि सडक १६ मिटरको २ लेन बनाउन लागिएको सुवदीले बताउनुभयो ।

    सांसद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्य गीता वाग्ले, मिलनबाबु श्रेष्ठ, पार्वती सिलवाल, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहा, प्रदेश नीति योजना आयोगका सदस्य रामचन्द्र ढकाल, जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णु पौडेल, जनस्वास्थ्य कार्यालका अनुप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.