सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तरकारी र फलफूलमा कोरोना सङ्क्रमणको सम्भावना र स्यानिटाइज गर्ने घरेलु उपाय


  •    न्युजभित्तो/७ बैशाख २०७७, आईतवार १३:४९ 
  • विशाल गिरी

    यतिबेला विश्वमा कोरोनाभाइरस (कोभिड–१९)को महामारी छ । नेपालमा पनि यसको सङ्क्रमण देखिएको छ र यसको उपचार र रोकथामका लागि सरकार, चिकित्सक, स्वास्थ्यकर्मीलगायत सरोकार पक्ष जुटिरहेका छन् । कोरोनाभाइरसबाट बच्न हामी लकडाउनमा बसिरहेका छौँ र सकेको उच्च सतर्कता पनि अपनाइरहेका छौँ । तर के हामीले दैनिक रूपमा प्रयोग गर्दै या उपभोग गर्दै आएका विभिन्न वस्तुहरू नोवल कोरोना भाइरसको जोखिमबाट सुरक्षित छन् त ? विशेषगरी कृषि वस्तुहरू जस्तै तरकारी, दूध, अण्डा जस्ता वस्तुहरू सुरक्षित छन् ? हामीले यी वस्तुहरू लकडाउनको बेलामा खुद्रा पसलमा, ठेलामा, साइकलमा दिनहुँ सुलभ रूपमा प्राप्त गरिरहेका त छौँ । तर के हामीहरु यी सामग्रीहरू कति सुरक्षित छन् अथवा यी सामग्रीहरूको क्वारेन्टाइन भएको छ कि छैन भनेर बुझ्ने गरेका या सुरक्षाको उपाय अपनाउने गरेका छौँ त ?

    हामीलाई थाहा नै छ, नेपालमा कृषि सामग्रीको पूर्ति मुख्यगरी भारतबाट आयात गरेर पूरा भएको छ। ती सवै वस्तुहरू नेपालका विभिन्न नाकाहरु जस्तै, नेपालगञ्ज, वीरगञ्ज, सुनौलीलगायतका नाका तथा शहरी तथा ग्रामीण क्षेत्रका बजारहरूमा स्टोर गरी आयातकर्ताले बजारमा विक्रिको लागि प्रबन्ध गरेको पाइन्छ। यी सीमामा कृषि वस्तुहरूको आयात र निर्यात हुँदा क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ। यी क्वारेन्टाइन चेक पोस्टहरुमा बालीमा प्रयोग भएको विषादीको मापन गरिनुका साथै रोगको नियन्त्रण गर्नुपर्ने हुन्छ । यसरी आवस्यक कानूनी तथा प्राविधिक प्रक्रिया पूरा गरेर आएका तरकारी तथा फलफूल सुरक्षित हुन सक्छन्। तर हामीकहाँ यसरी सबै प्रक्रिया पूरा गरेर विषादी रहित र रोगरहित कृषि सामग्री भित्र्याउने गरिएको छ त ? अहिलेको अवस्थामा यसलाई झन् निगरानी गर्नुपर्ने हुन्छ । न कि भोलिका दिनमा यो नै रोग फैलाउने एउटा कारक नबनोस् ।

    कसरी लाग्न सक्छ भाइरस ?
    तरकारी र फलफूलमा कोरोना भाइरस मानिसको सम्पर्कका साथै बाहिरी सतहबाट टाँसिएर रहन सक्छ। भाइरस हावाको सतहबाट ४/५ घण्टासम्म जीवित रहन सक्छ भने तरकारी तथा फलफूलमा अझै धेरै समय सक्रिय रहन सक्छ। हाम्रो देशमा रहेको कृषि बजारको च्यानल (माध्यम) हेर्दा यी वस्तुहरू धेरै च्यानलहरु जस्तै आयातकर्ता र उत्पादकबाट विभिन्न विचौलिया हुँदै होलसेल र खुद्रा व्यापारी सम्म पुग्छन्। अनि मात्र उपभोक्ताकोमा पुुग्छन् । यसरी किसानको बारीबाट सिधै उपभोक्ताको घरमा नपुग्ने हुँदा बीचबीचमा यसमा भाइरसको सङ्क्रमण हुने सम्भावना धेरै हुन्छ । यसरी विभिन्न माध्यमहरू पार गर्दा न त यी वस्तुहरू स्यानिटाइज (जिवाणुरहित) नै हुन्छन् न त सङ्कलन गर्ने व्यक्ति न त यसलाई ढुवानी गर्ने गाडिहरु नै।

    तरकारी र फलफूलमा स्यानिटाइज गर्ने घरेलु विधि
    अरु वस्तु झैँ हामीले यी वस्तुहरुमा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्न मिल्दैन। यस्ता स्यानिटाइजर प्रयोग गरियो भने हाम्रो स्वास्थ्यमा धेरै नै नकारात्मक असर पार्न सक्छ। हामीले सजिलै आफ्नो घरमा स्यानिटाइज गर्न सक्छौ। एउटा बाल्टीमा दुई लिटर मनतातो पानी लिने, यसमा चार चम्चा नुन र दुई चम्चा बैकिङ सोडा हालेर पाँच मिनेटसम्म तरकारी हालेर डुबाएर राख्ने र, यसलाई मिचिमिची धुने। त्यसपछि चिसो पानीले पुनः मिचिमिची पखाल्ने। यसरी तरकारी तथा फलफूलको सतहमा टाँसिएको भाइरस निर्मूल हुन्छ। यसरी स्यानिटाइज गर्दा विभिन्न सावधानी अपनाउनु पर्छ। आफ्नो हात र प्रयोग गरिएको बाल्टी प्रयोग गर्नु भन्दा अगाडि र पछाडि स्यानिटाइज गर्नुपर्छ। खरीद गरिएको तरकारी र फलफूल घरबाहिर स्यानिटाइज गर्नुपर्छ र प्रयोग गर्दा ग्लभ्स (पञ्जा) र मास्कको प्रयोग गर्नुपर्छ।

    (लेखक कृषि तथा वन विश्वविद्यालय, रामपुरमा स्नातकोत्तरका विद्यार्थी हुन् ।)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.