सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर वडा नं. १५ बन्यो बालमैत्री वडा


  •    /२७ बैशाख २०७६, शुक्रबार १८:३२ 
  • रत्ननगर (चितवन :
    रत्ननगर नगरपालिका वडा नं १५ लाई शुक्रबार तामझामका साथ बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । जनप्रतिनिधि, वडा भित्र रहेका राजनीतिक दल, टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु, विद्यार्थी, शिक्षकहरुको सहभागितामा भव्य कार्यक्रमको आयोजना गरी घोषणा गरिएको हो ।

    माधवपुर माविमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वडालाई बालमैत्री तथा बालश्रम मुक्त भएको घोषणा गर्नुभयो । कार्यक्रममा पाण्डेले वडा अध्यक्ष हुमनाथ लामिछानेलाई वडा घोषणा भएको प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभयो । बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गर्नूपूर्व गर्नुपर्ने सबै सूचक अनुसार काम गरेर सो वडालाई औपचारिक रुपमा बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

    कार्यक्रममा वडा अध्यक्ष लामिछाने घोषणा पूर्ण श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गरी परिवारमा पुर्नमिलन, उनीहरुलाई शिक्षा तथा सीपमुलक तालिम, बालकोष स्थापना, बालउद्यान निर्माण, बालक्लव गठन, बालबालिकाको जन्मदर्ता, वडा भित्रका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको सुनिश्चितता र बाल विवाह नरहेको सुनिश्चित गरिएको थियो ।

    सो अवसरमा नेता पाण्डेले शिक्षामा गरेको लगानी खेर नजाने बताउनुभयो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नगरपालिकाले लिएको लक्ष्य अनुसार एक बर्षभित्र रत्ननगरलाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गर्ने बताउनुभयो । उहाँले सोही अनुुसार काम गर्न सेवा प्रदायक संस्था र सकरात्मक भूमिका खेल्न वडा अध्यक्ष सहित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

    बालश्रम न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले श्रमिक बालवालिकालाई श्रमबाट मुक्त गरी शिक्षा प्रदान गर्ने काम भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले लिएको लक्ष्य प्राप्तीका लागि जनप्रतिनिधिको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रदेश सभा सांसदहरु कृष्णप्रसाद खनाल, कन्चन खनाल, रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडी, जिल्ला समन्वय समितिका सदस्य लीलादेबी पोखरेल, वडा अध्यक्षहरु तिलकराज शर्मा, हेमराज थापा, नगर प्रवक्ता राजेन्द्र हमाल लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा माधवपुर माविका अध्यक्ष रमेश लामिछाने, नेकपाका आशिक तामाङ, नेपाली काँग्रेसका डण्डपाणि लामिछाने, वडास्तरीय बाल क्लवका अध्यक्ष सचना धमला लगायतले मन्तव्य राखेका थिए । वडा अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय बाल क्लवका पदाधिकारी तथा सदस्यहरुले चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रम सुरु हुनु पूर्व शोभायात्रा निकालिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.