सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ग्रहिका पृथ्वीमा आइपुग्ने सम्भावना शून्य : खगोलविद्


  •    न्युजभित्तो/६ बैशाख २०७७, शनिबार ०९:२० 
  • नानजिङ । पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले बताउनुभएको छ ।

    अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) ले सन् १९९८ मा पत्ता लगाएको र ५२७६८ नामाकरण सङ्केत दिइएको ग्रहिका पृथ्वीमा खस्ने आधार शुन्य रहेको उहाँले बताउनुभएको हो । अनुमानित २५ किलोमिटर व्यास भएको उक्त ग्रहिका पृथ्वीमा ठोकिएको खण्डमा विश्वमा ठूलो क्षति निम्त्याउने सक्ने भएपनि यसो हुने शुन्य सम्भावना रहेको उहाँको दावी छ ।

    केन्द्रका खगोलविद् हाईपिनले भन्नुभयो, “यस ग्रहिकालाई पत्ता लगाएपछि विश्वभरका अन्तरिक्ष अध्ययन निकायले यसबारे सुक्ष्म अध्ययन गर्दै आएका छन् र यससम्बन्धी कक्षीय तथ्याङ्कहरूको सही आँकडा निकालेका छन् ।”

    उहाँले भन्नुभयो, “यो ग्रहिका आगामी अप्रिल २९ मा प्रतिसेकेण्ड ८।६९ किलोमिटरको गतिमा पृथ्वीतर्फ आउनेछ तर यो पृथ्वीको सतहबाट करिब ६२ लाख ८० हजार किलोमिटर टाढासम्म मात्र आइपुग्नेछ । यो दूरी भनेको पृथ्वीबाट चन्द्रमासम्मको दूरीको १६।४ गुणा टाढा हो । त्यसैले ग्रहिकाले पृथ्वीलाई ठक्कर दिने वा पृथ्वीमा खस्ने आधार शुन्य रहने देखिन्छ ।”

    पूर्वी चीनको जियाङ्सु प्रान्तमा रहेको झाआकोे अब्जर्भेटरीका वैज्ञानिकहरूले यस ग्रहिकाको गतिविधिलाई ध्यानका साथ अध्ययन गरिरहेका बताएका छन् । ग्रहिका पृथ्वीको नजिकतर्फ आउन थालेपछि यही अप्रिल ४ तारिखदेखि यसका गतिविधिलाई टेलिस्कोपको माध्यमबाट उनीहरूले हेरिरहेका छन् र यसबारे तथ्याङ्क सङ्कलन गरी खगोलशास्त्रीहरूको अन्तर्राष्ट्रिय अध्ययन केन्द,्र ‘माइनर प्लानेट सेन्टर’ मा थप अध्ययनका लागि पठाइरहेका छन् ।

    झाओको अन्तरिक्ष अवलोकन तथा अनुसन्धान केन्द्रले यसको गतिविधिबाट यस यस्ता ग्रहिकाबारे उपलब्धिमुलक तथ्यहरू फेला पारेको दावी गरिएको छ ।

    विश्वका कतिपय अनलाईन सञ्चारमाध्यमहरूले ५२७६८ नामक यस ग्रहिकाले पृथ्वीमा ठक्कर दिने समाचारहरू सार्वजनिक गरेका छन् ।

    उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “हामी साना पिण्डहरूको गतिविधिबारे वेखबर छैनौँ, चिन्ता लिनु पर्दैन, खगोलशास्त्र र यसको अध्ययनबारे चासो देखाएकोमा धन्यवाद ।” उहाँले भन्नुभयो, वैज्ञानिकहरूले ग्रहिकाको प्रभावलाई कम गर्ने वा प्रतिरक्षाका लागि उपायहरू विकास गर्नसक्छन् । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.