सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको पारिश्रमिक विपन्न केन्द्रित राहतमा दिने


  •    न्युजभित्तो/१ बैशाख २०७७, सोमबार १८:१८ 
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गर्नुभएको छ ।

    राष्ट्रियसभाका सदस्यसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुराको घोषणा गर्नुभएको हो । प्रवक्ता श्रेष्ठले राष्ट्रियसभा सदस्यका रुपमा प्राप्त गर्ने दुई महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोभिड– १९ राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

    उहाँले भन्नुभएको छ, “हामी अहिले कोभिड– १९ र उत्पन्न सङ्कटको सामाना गरिरहेका छौँ । यसबेला एकताबद्ध भई आआफ्नो ठाँउबाट भूमिका खेल्न जरुरी छ ।” प्रवक्ता श्रेष्ठ ट्वीटरमा अगाडि लेख्नुहुन्छ, “यस स्थितिमा राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड– १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.