सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड–१९ : मृत्यु हुनेको सङ्ख्या एक लाख दुई हजार नाघ्यो, झण्डै १७ लाख सङ्क्रमित (अपडेट)


  •    न्युजभित्तो/२९ चैत्र २०७६, शनिबार १०:१२ 
  • काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोनाभाइरस) बाट पछिल्लो अपडेटअनुसार एक लाख दुई हजार सात सय ३४ जनाको मृत्यु भएको छ । यो आज विहान १० बजेसम्मको तथ्याङ्क हो । तीन लाख ७६ हजार तीन सय तीस जना भने उपचारपछि घर फर्किएका छन् ।

    कोरोनाभाइरसबाट हालसम्म १६ लाख ९९ हजार छ सय ३२ मानिस सङ्क्रमित भएका छन् । जसमध्ये संयुक्त राज्य अमेरिकामा मात्रै पाँच लाख दुई हजार आठ सय ७६ मानिस सङ्क्रमित भएका छन् । जुन विश्वभर सङ्क्रमितको सङ्ख्यामा झण्डै ३० प्रतिशत (२९.५८ प्रतिशत) हो । अमेरिकामा कोरोना सङ्क्रमणबाट १८ हजार सात सय ४७ मानिसको ज्यान गएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले मृतकमध्ये एक तिहाईभन्दा बढी न्यूयोर्कका रहेका जनाएको छ ।

    वल्डवमिटरले सार्वजनिक गरेको पछिल्लो विवरणमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख दुई हजार सात सय ३४ पुगेको हो । वल्डवमिटर संयुक्त राष्ट्रसङ्घ (युएन) डब्लुएचओ, खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञ समूह सहभागी संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

    कोरोनाभाइरसबाट सबैभन्दा धेरै इटलीका १८ हजार आठ सय ४९ जनाको मृत्यु भएको छ । इटलीमा यसबाट एक लाख ४७ हजार पाँच सय ७७ मानिस सङ्क्रमित भएका छन् । त्यस्तै, स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ । यहाँ एक लाख ५८ हजार दुई सय ७३ मानिस सङ्क्रमित भएका छन् ।

    कोरोनाभाइरसबाट फ्रान्समा एक लाख २४ हजार आठ सय ६९ जना सङ्क्रमित भएका छन् भने यहाँ १३ हजार एक सय ९७ जनाको मृत्यु भएको छ । यो सङ्क्रणबाट बेलायतमा आठ हजार नौ सय ५८ जना, इरानमा चारन हजार दुई सय ३२ जना र चीनमा तीन हजार तीन सय ३९ जनाको ज्यान गएको छ ।

    त्यस्तै, जर्मनीमा दुई हजार सात सय ३६ जना र बेल्जियममा तीन हजार १९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । नेदरल्याण्डमा दुई हजार पाँच सय एघार जनाको मृत्यु भएको छ ।

    कोरोनाभाइरस सङ्क्रमित सङ्ख्याको हिसाबले चीन छैठौँ स्थानमा छ । चीनमा सङ्क्रमितको सङ्ख्या ८१ हजार नौ सय ५३ पुगेको छ । यो भाइरसको सङ्क्रमणबाट चीनमा भन्दा इटली, अमेरिका, स्पेन, फ्रान्स, बेलायत र इरानमा धेरै मानिसको मृत्यु भएको छ । अहिलेसम्मको अध्ययनअनुसार चीनको वुहानबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको मानिएको छ ।

    विश्वमा कोरोनाभाइरस सङ्क्रमित मध्ये १२ लाख २० हजार पाँच सय ६८ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये ११ लाख ७० हजार सात सय ३८ जनाको अवस्था मध्यम रहेको वल्डवमिटरको विवरणमा उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.