सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शबे बरात पर्ब घरमै मनाउन मुस्लिम सङ्घको आग्रह


  •    न्युजभित्तो/२६ चैत्र २०७६, बुधबार १४:४९ 
  • चितवन । नेपाल मुस्लिम सङ्घ चितवनका अध्यक्ष ईसुफ दिन मियाँले इस्लाम धर्मावलम्बीलाई शबे बरात पर्व घरमै मनाउन अनुरोध गर्नुभएको छ ।

    इस्लाम धर्मावलम्बीले बिहीबार शबे बरात पर्व मनाउने भएका छन् । अध्यक्ष मियाँले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड— १९) को सङ्क्रमण रोकथामका लागि सरकारले देशभर लागू गरेको लकडाउनमा यो पर्व मनाउन मस्जिद तथा कब्रिस्तानमा नगई घरमै बसेर इबादत (उपासना) गरी मनाउन अनुरोध गर्नुभएको छ ।

    उहाँले यो पर्वका अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुभकामना दिँदै कोरोना भाइरस सङ्क्रमणको न्यूनीकरणमा सहयोग पुर्याउन सबैमा आह्वान गर्नुभएको छ ।

    त्यस्तै, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले यो पर्वको उपलक्ष्यमा शुभकामना दिँदै इस्लाम धर्मावलम्बीलाई घरमा नै पर्ब मनाउन आह्वान गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.