सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्यायमा परेकालाई न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल


  •    /२६ बैशाख २०७६, बिहीबार १५:०३ 
  • हेटौँडा । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताउनुभएको छ ।

    कानून दिवस २०७५ को अवसरमा प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले न्यायाधीश कुनै बेलामा निर्मम बनेर भए पनि न्याय दिनुपर्ने धारणा राख्नुभयो । अन्यायमा परेकालाई न्याय दिनका लागि कुनै कसर बाँकी राख्न नहुने उहाँको भनाइ छ ।

    न्यायमा सबै नागरिकको पहुँच हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “सबै क्षेत्रमा सबैको समान पहुँच हुनुपर्छ । न्याय दिने न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ ।”

    उहाँले सरकारले गर्ने गौरवका आयोजनामा बाधा–अवरोध आएकाले त्यसो नगर्न आग्रहसमेत गर्नुभयो ।

    प्रदेश ३ कै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले पहुँचका आधारमा न्याय दिने काम अब रोकिनुपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’
    खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान
    मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन
    • एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
    • भ्रष्टाचार नियन्त्रण आफँैबाट सुरु गर्न युवा पुस्ताको जोड
    • भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल
    • सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.