चितवन : भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थान क्षेत्रलाई गणेशधामको रूपमा विकास गर्न कामको थालनी बुधबारबाट गरिएको छ । सो क्षेत्रमा निर्माण गरिने तलाउको प्रदेशसभा सदस्य विजय सुवेदीले एक समारोहका बीच शिलान्यास गर्नुभयो ।
प्रदेश नं ३ सरकारले उपलब्ध गराएको रु ५० लाख रकमबाट तलाउ खन्ने कामको थालनी गरिएको हो । जेठ मसान्तसम्ममा सो रकम बराबरको तलाउ खन्ने काम सम्पन्न गरिने भएको छ । गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार करीब २५ बिघा क्षेत्रफलमा तलाउ निर्माण गरिने छ । अपुग रकम थप गरी क्रमशः काम अघि बढाइने छ ।
सामुदायिक वनको सो क्षेत्रमा थोरै खनेर तलाउ बनाउन सकिने भएकाले कम लागतमा काम गर्न सकिने चुकेले बताउनुभयो । तलाउको वरिपरि पाँच किलोमिटरको प्यारापिट बनाइँदैछ, जसमा दौडिन र साइकल चलाउन सकिनेछ । आकर्षक खालका झोलुङ्गे पुलबाट दृश्यावलोकन गर्न सकिने व्यवस्था गरिनेछ । तलाउको छेउमा हात्ती, जरायोजस्ता जनावरका झुण्डका मूर्तिहरू पनि निर्माण गरिनेछ । तलाउमा डुङ्गा सयरको व्यवस्था गरिनेछ । यसअघि विसं २०६४ यता सो क्षेत्रमा रु ८० लाख खर्चेर दुई सभाहल, शौचालय, मठमन्दिरको जीणाद्धार गरिएको चुकेले बताउनुभयो ।
चुकेका अनुसार करीब ३० फिट अग्लो गणेशको मूर्ति बनाइनेछ । ठूलो तलाउमा जलविनायक गणेशसँगै नजिकै डाँडामा कैलाश पर्वतको रूपमा शिव, पार्वती, कुमार र गणेशको आकर्षक मूर्ति निर्माण गरिनेछ । मूर्तिहरूसहितको तस्वीर लिन सकिने गरी गुरुयोजना निर्माण गरिँदैछ । भरतपुरको मुख्य बजार नजिकको सो स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने भएको हो ।
गणेशस्थान मन्दिर क्षेत्रको धार्मिक वन २.४३ हेक्टर छ । नवजागृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यसको विस्तार गर्ने योजना अघि बढाइएको छ । धाम निर्माणका लागि काम गरिरहनुभएका प्रदेशसभा सदस्य सुवेदीले नमूना क्षेत्रका रूपमा गणेशस्थानलाई विकास गरिने बताउनुभयो ।
निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न लागिएको उहाँको भनाइ छ । स्थानीय निकाय, प्रदेश सरकार, जनसहभागिता र निजी क्षेत्रको सहयोगमा गणेशस्थानलाई धामको रूपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो । गणेशस्थान क्षेत्रलाई धामको रूपमा विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम भइरहेको छ । गणेशधाममा डिपिआरअनुसारको काम सम्पन्न गर्न करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । हालै सम्पन्न महायज्ञबाट रु १० करोड सङ्कलन भएको छ ।
अन्य रकम सरकारी र निजी क्षेत्रसँग सहकार्य गरेर उठाइँदै छ । सो क्षेत्रमा हाल गणेश, कमलेश्वर, सन्तोषीमाता, पशुपति, मनकामना, चन्द्रेश्वरी, सरस्वती र विश्वकर्माका मन्दिर रहेका छन् । ती मन्दिर मर्मत सम्भार र सजावटको काम केही दिनमै शुरु गर्न लागिएको छ । गणेशधाम चितवनको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुने उहाँले बताउनुभयो ।
धामलाई चितवन र नवलपरासीका विभिन्न धार्मिक पर्यटकीयस्थलसँग जोडेर एकीकृत विकास गर्ने योजना छ । गणेशस्थान भरतपुर महानगरपालिकाको सबैभन्दा पुरानो ऐतिहासिक तथा धार्मिकस्थल हो । पौराणिककालमा पाल्पा राज्यका प्रतापी राजा मणिमुकुन्द सेनको राज्यकालमा बनेको ऐतिहासिक इनारसमेत यस स्थानमा रहेकाले तत्कालीन अवस्थादेखि नै धार्मिक थलोको रूपमा स्थापित भएको स्थानीयको भनाइ छ । शहर नजिकै निर्माण गर्न लागिएको धाम स्थानीयवासीसँगै आन्तरिक र बाह्य पर्यटकका लागि महत्वपूर्ण हुने बताइएको छ ।
– नारायण अधिकारी/रासस