सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालसहित १९३ देशका प्रमुख दलका नेताबाट अन्तर्राष्ट्रिय सहकार्यका लागि अपिल


  •    न्युजभित्तो/२१ चैत्र २०७६, शुक्रबार २२:५९ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित एक सय ९३ मुलुकका प्रमुख राजनीतिक दलका नेताबाट कोभिड–१९ विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य गर्न आज संयुक्त अपिल भएको छ ।

    कोरोना भाइरसका कारण मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकासका लागि गम्भीर चुनौती बनेकाले यस परिस्थितिको सामना गर्दै जनताको हितको सुरक्षा, राष्ट्रिय विकासको प्रवद्र्धन तथा विश्व शान्ति र स्थायित्वको गहन जिम्मेवारी बहन गर्न सो १० बुँदे अपिल जारी भएको हो । सो अपिलमा चिनियाँ नेताको पनि सहभागिता रहेको छ ।

    अपिलमा भााइरसबाट पीडित, जीवन जोखिममा परेका तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक सहानुभूति र एकता प्रकट गर्दै सबै राष्ट्रलाई जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड–१९ फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न आग्रह गरिएको छ । “हामी राष्ट्रहरूलाई ती योजना र रणनीति तयार अवस्थामा राखी सहकार्यलाई सुदृढ गर्न सहयोग गर्नेछौँ । साथै, समान जोड दिएर यसको रोकथाम र बिरामी उपचार गर्न प्रोत्साहित गर्दछौँ ।”

    अपिलमा भनिएको छ, “हामी सबै राष्ट्रका नागरिकलाई सामाजिक जिम्मेवारीको भाव बुझेर रोकथामका उपायको अनुपालन गरी राष्ट्रलाई उक्त क्षमताको लाभ लिएर सम्पूर्ण सामाजिक क्षेत्रको शक्ति उपयोग गर्नका लागि प्रोत्साहित गर्दछौँ ।”

    विश्व वित्तीय बजार र आपूर्ति स्थिर राख्नुपर्ने आवश्यकता भएकाले आर्थिक नीतिको अन्तर्राष्ट्रिय समन्वयतिर कदम चाल्नुपर्ने, विश्वव्यापी रूपमा स्रोत र शक्तिको परिचालन गर्नुपर्ने, चीन र अन्य मुलुकले भाइरसविरुद्ध गरेको प्रगतिको प्रशंसा, जी–२० नेताहरूको असाधारण शिखर सम्मेलन वक्तव्यको स्वागत, कुनै पनि राष्ट्र, क्षेत्र वा जातीय समूहमाथि हुने भेदभावपूर्ण टिप्पणी र अभ्यासमा लाग्न नहुने विषय पनि अपिलमा समावेश गरिएको छ । नेता नेपाल नेकपाका विदेश मामिला विभाग प्रमुख पनि हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.