सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्पले भत्किएका देवघाटमा १६ कुटीको पुनःनिर्माण


  •    /२५ बैशाख २०७६, बुधबार १२:३४ 
  • भरतपुर :

    विनाशकारी भूकम्पले भत्किएका देवघाटका १६ कुटीको पुनःनिर्माण गरिएको छ । ५२ कुटीमध्ये १६ कुटी पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो । भवनको मङ्गलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण गर्नुभएको छ ।

    निर्धारित समयभन्दा केही दिन अगाडि नै कुटी निर्माण सम्पन्न गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनमार्फत २०७५ पुस १३ गते सम्झौता भएर कुटी निर्माण शुरु गरिएको थियो । करीब रु एक करोड १० लाखको कुटी निर्माण गरिएको हो । भवन निर्माणका लागि एकाइले प्रतिभवन रु पाँच लाख ५० हजार अनुदान दिएको उहाँले बताउनुभयो ।

    न्यौपानेका अनुसार गलेश्वर आश्रमले उपभोक्ता समिति बनाएर सो भवनको निर्माण सम्पन्न गरिएको हो । सम्झौताअनुसार १६ भवन वैशाख ३० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीले देवघाट क्षेत्रमा २५४ कुटी रहेकाले सबैलाई एउटै प्रकारको बनाएर देवघाटको विशेषता झल्काउनुपर्नेमा जोड दिनुभयो ।

    धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यको रुपमा देवघाट रहेकाले यहाँ आउने हरेक नागरिकले देवघाटका बारेमा खुलेर प्रसंशा गर्नसक्ने गरी उनीहरुको मन लोभ्याउने खालका काम गर्नुपर्ने गिरीले बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ८८ लाख र गलेश्वर आश्रमबाट रु २२ लाखको लागतमा कुटी निर्माण गरिएका हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.