सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको समूहमा एक्लो पोथी बाह्रसिङ्गे


  •    /२५ बैशाख २०७६, बुधबार १२:२८ 
  • – सुरेन कुँवर

    रत्ननगर / (रासस) :

    नेपालीमा एउटा उखान छ, ‘कागको बीचमा बकुल्ला’ । अहिले यस्तै नियति भोगिरहेको छ चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक्लो पोथी बाह्रसिङ्गेले । विसं २०७३ को साउन महीनामा बाढी आएपछि पाँच वटामध्ये चारवटा बाह्रसिङ्गे हराएका थिए । अहिले निकुञ्जमा एउटा मात्रै पोथी बाह्रसिङ्गे जीवित छ ।

    निकुञ्जमा बाह्रसिङ्गे नभएकाले दुई वर्षअघि शुक्लाफाँटाबाट सातवटा ल्याइएको थियो । त्यसमध्ये दुई वटा त्यही समय मरे । बाँकी पाँच वटामध्ये दुई भाले र तीन पोथी थिए । निकुञ्जले पुरानो पदमपुर रहेको स्थानमा बाह्रसिङ्गे र अर्नालाई विद्युतीय तारसहितको ३० हेक्टरमा क्षेत्रफलमा राखेको थियो । सो स्थानमा प्रशस्त पोखरी, घाँसेमैदान र खोला छन् ।

    निकुञ्जले बाह्रसिङ्गे र अर्नालाई यही स्थानमा छोड्न पोखरीसँगै घाँसेमैदान निर्माण गरेको थियो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बाढी आउनुभन्दा अघि पाँच वटै बाह्रसिङ्गे थिए । “बाढीले बगायो कि तार फड्केर भागे भन्ने अहिले एकिन छैन”, उहाँले भन्नुभयो, “त्यसपछि तारबारमा एउटा मात्र पोथी बाह्रसिङ्गे छ । अहिले यो पाँच वर्षको भयो, अवस्था राम्रै छ ।” यही तारबारमा कोशीटप्पु र जावलाखेलका चिडियाखानाबाट १५ अर्ना छाडिएको थियो ।

    पन्ध्रमध्ये कोशीटप्पु र चिडियाखानाबाट ल्याएको तीन÷तीनवटा मरेपछि नौ वटाको सङ्ख्यामा पुगेको थियो । तर, अहिले अर्नाले तीन बच्चा जन्माएपछि १२ वटा पुगेका छन् । फरक प्रजाति भए पनि एक्लो बाह्रसिङ्गे यही अर्नाको समूहमा लामो समयदेखि बसिरहेको छ । तारबारको क्रममा केही चित्तल तारबारभित्र परेका छन् । बाह्रसिङ्गे मृग प्रजाति भएकाले अर्नाबाहेक चित्तलसँग पनि घुलमिल हुने गरेको छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले जीव विज्ञान अनुसार कुनै पनि जनावरलाई एक्लै राख्न नहुने बताउनुभयो । उहाँले एक्लो बाह्रसिङ्गेलाई शुक्लाफाँटा छाड्नभन्दा यहाँ ल्याउँदा निकुञ्जलाई राम्रो हुने उहाँको भनाइ छ । “बाह्रसिङ्गेको बगाल यहाँ थप्दा सबैभन्दा राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “यसले पर्यटकलाई थप आकर्षित गर्न मद्दत गर्छ ।

    निकुञ्जका केही क्षेत्रफल बाह्रसिङ्गेका लागि उपयुक्त भएको पाएका छौँ ।” अनुसन्धान अधिकृत डा लामिछानेका अनुसार हालै गरिएको अनुसन्धानमा निकुञ्जको कूल क्षेत्रफल ९५२ दशमलव ६३ वर्ग किमिमध्ये १४ दशमलव ५७ वर्ग किमि बाह्रसिङ्गेका लागि उपयुक्त क्षेत्रफल पाइएको छ । त्यस्तै १३४ दशमलव ८७ वर्ग किमि मध्यम खाले स्थान पाइएको उहाँले जानकारी दिनुभयो । निकुञ्जको पुरानो पदमपुर फाँटा र सुखीभार क्षेत्रमा बाह्रसिङ्गेलाई अनुकूल रहेको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    • स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.