कृषि विश्वविद्यालय : अध्ययन गर्ने संस्था कि आन्दोलनको थलो ?
/२४ बैशाख २०७६, मंगलवार २२:४६
तिलकराम रिमाल
चितवन : विश्वविद्यालय भन्दा बित्तिकै ज्ञानगुनका कुरा सिक्ने मात्रै होइन, देशलाई आवश्यक पर्ने उच्चस्तरको शैक्षिक जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा चिनिन्छ । त्यसमा पनि नेपाल जस्तो कृषिप्रधान मुलुकको कृषि विश्वविद्यालयको महत्व झनै बढी छ । तर चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय आन्दोलनको थलो बन्दै गएको छ ।
विद्यार्थी मात्रै होइन, कर्मचारी र प्राध्यापकहरु समेत विश्वविद्यालयमा ताला ठोकेर आन्दोलनमा उत्रिने गरेका छन् । विगत एक वर्षको अवधिलाई हेर्ने हो भने विश्वविद्यालयमा ६ महिना जति त तालाबन्दी गरिएको छ । पढ्ने र पढाउने दुवै थरी आलोपालो गर्दै तालाबन्दीमा उत्रिएपछि विश्वविद्यालय ठप्प जस्तै बन्दै आएको छ ।
त्यसो त विश्वविद्यालयमा तालाबन्दी भएपछि अधिकांश पदाधिकारी र प्राध्यापकहरु भित्रै रुपमा खुशी नै देखिन्छन् । किनकी विश्वविद्यालयका अधिकांश जसो पदाधिकारी र प्राध्यापकहरु विश्वविद्यालयमा मात्रै सीमित छैनन् । निजी फर्म, एनजिओ, आईएनजिओहरुमा पनि उनीहरु संलग्न छन् । विश्वविद्यालयमा तालाबन्दीपछि उनीहरुको समय पनि तिनै संस्थाहरुमा बित्ने गरेको छ । पछिल्लो एक महिनादेखि विश्वविद्यालय पुनः ठप्प भएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुरमा एक महिनादेखि पठनपाठन लगायतका सम्पूर्ण काम ठप्प भएका छन् ।
गत चैत २१ गते विश्वविद्यालयको कृषि संकायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीहरुलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघले विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलन जारी राखेको छ । विश्वविद्यालयले कालोमोसे दलको आरोपमा ६ जना विद्यार्थीलाई दुई महिनाका लागि निष्काशन गरेको छ । त्यस लगत्तै अनेरास्ववियूले विश्वविद्यालयमा तालाबन्दी गरेको थियो ।
अनेरास्ववियूले लगाएको ताला दुई दिन अघि खोलेको भए पनि प्राध्यापक संघले कारवाही कमजोर भएको भन्दै आन्दोलन जारी राखेपछि पठनपाठन सहित विश्वविद्यालयको काम कारवाही ठप्प भएको कोलाक्षपतिले बताउनुभयो ।
राजनीतिक दल, विद्यार्थी र प्राध्यापकसँग नियमित छलफल भईरहेको भए पनि निकास निस्कन नसकेको उहाँले बताउनुभयो । गएको असार २० गते विश्वविद्यालयले निजी क्याम्पसहरुलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकहरुले आन्दोलन जारी राख्दा विश्वविद्यालय प्रभावित बनेको थियो । उक्त प्रकरण सेलाउन नपाउँदै पुनः अर्काे विषयमा विद्यार्थी र प्राध्यापक आन्दोलित हुँदा विश्वविद्यालय ठप्प हुँदै आएको छ ।
प्राविधिक विषयको अध्ययन हुने विश्वविद्यालयमा वर्षको आधा समय पनि पढाई नहुने भएपछि यसबाट कस्तो जनशक्ति उत्पादन होला भन्ने प्रश्न आम चितवनवासीले उठाएका छन् । राजनीतिक दलहरुका नेतृत्वले पनि विश्वविद्यालय नियमित सञ्चालन गर्ने दिसातर्फ खासै चासो नदेखाएको गुनासो जिल्लावासीको छ ।
तिलकराम रिमाल
चितवन :
विश्वविद्यालय भन्दा बित्तिकै ज्ञानगुनका कुरा सिक्ने मात्रै होइन, देशलाई आवश्यक पर्ने उच्चस्तरको शैक्षिक जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा चिनिन्छ । त्यसमा पनि नेपाल जस्तो कृषिप्रधान मुलुकको कृषि विश्वविद्यालयको महत्व झनै बढी छ । तर चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय आन्दोलनको थलो बन्दै गएको छ ।
विद्यार्थी मात्रै होइन, कर्मचारी र प्राध्यापकहरु समेत विश्वविद्यालयमा ताला ठोकेर आन्दोलनमा उत्रिने गरेका छन् । विगत एक वर्षको अवधिलाई हेर्ने हो भने विश्वविद्यालयमा ६ महिना जति त तालाबन्दी गरिएको छ । पढ्ने र पढाउने दुवै थरी आलोपालो गर्दै तालाबन्दीमा उत्रिएपछि विश्वविद्यालय ठप्प जस्तै बन्दै आएको छ ।
त्यसो त विश्वविद्यालयमा तालाबन्दी भएपछि अधिकांश पदाधिकारी र प्राध्यापकहरु भित्रै रुपमा खुशी नै देखिन्छन् । किनकी विश्वविद्यालयका अधिकांश जसो पदाधिकारी र प्राध्यापकहरु विश्वविद्यालयमा मात्रै सीमित छैनन् । निजी फर्म, एनजिओ, आईएनजिओहरुमा पनि उनीहरु संलग्न छन् । विश्वविद्यालयमा तालाबन्दीपछि उनीहरुको समय पनि तिनै संस्थाहरुमा बित्ने गरेको छ ।
पछिल्लो एक महिनादेखि विश्वविद्यालय पुनः ठप्प भएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुरमा एक महिनादेखि पठनपाठन लगायतका सम्पूर्ण काम ठप्प भएका छन् ।