सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुठ्ठीभरको स्वर्गमा तनाव छ


  •    न्युजभित्तो/१९ चैत्र २०७६, बुधबार १२:३९ 
  • सूर्य थापा

    “पहिले उनीहरू
    कम्युनिष्टलाई खोज्दै आए
    म चुप रहेँ
    किनभने म कम्युनिस्ट थिइनँ
    त्यसपछि उनीहरू यहुदीलाई खोज्दै आए
    म चुप रहेँ
    किनभने म यहुदी थिइनँ
    त्यसपछि उनीहरू क्याथोलिकलाई खोज्दै आए
    म चुप रहेँ
    किनभने म प्रोटेस्टेन्ट थिएँ
    त्यसपछि उनीहरू मलाई नै खोज्दै आए
    मेरो लागि बोलिदिने कोही थएन ।”
    – मार्टिन निमोलर

    नेकपाका हरेक नेता, कार्यकर्ता र शुभेच्छुकहरूले आज पटकपटक पढ्नुपर्ने यो कविता अंश निकै मार्मिक छ ।
    सरकारका हरेक मन्त्रीहरूले त झनै मनन् गर्नु अपरिहार्य छ । किनभने,
    हिजो देशलाई बिकृति र बेथितिको दलदलमा पुर्याउनेहरूको दुष्ट र आपराधिक हमला छानिछानी चलिरहेको छ ।
    तिनले भ्रष्टाचारको कथा आफै लेख्छन्, आरोप आफैले लगाउँछन्, भ्रष्टाचारी आफैले करार गर्छन् र रिस उठ्नासाथ त्यस्तो पगरी लगाइदिन्छन् ।

    आफ्नो रजगज गुमेकोमा असैह्य छटपटी छ, किनभने लामो समयदेखिको हालीमुहाली अहिले चलेको छैन । मुठ्ठीभरको स्वर्गमा तनाव छ । र, यो दुश्चक्र जारी छ ।

    अनि शिकार खेल्ने उपक्रम चलिरहेको छ योग्य, कामकाजी र निष्ठाकासाथ जिम्मेवारी बहन गरिरहेका आशालाग्दा व्यक्तिहरूविरूद्द !

    रवीन्द्र अधिकारीलाई केही निर्णय नै नगरेको तथाकथित वाइडबडीको प्रपंचमा बदनाम गर्न लखेटियो, उहाँलाई जीवनपर्यन्त एकथरि दुष्टहरू लखेट्न लागिपरे ।

    गोकुल बाँस्कोटा अर्काथरि दुष्टहरूले सत्यजस्तै लाग्ने झूठ (डीप फेक)को प्रपंच रचे र निशाना बनाइनुभयो ।

    गुठी विधेयकमा पद्मा अर्याल र शेयर बजारको कृत्रिम संकटको लखेटाइमा परेर पनि डा. युवराज खतिवडा बल्लबल्ल जोगिनुभएको छ । तर, निशाना निरन्तर सोझिरहेकै छ !

    योगेश भट्टराईलाई लखेट्न नपुगेर आफ्नै योग्यता र पौरखमा नर्सिङ काउन्सिलको रजिस्टार हुनुभएकी श्रीमती विन्दा घिमिरेविरूद्द जालसाजी गर्ने आपराधिक प्रयाश भयो, तर त्यस नियोजित कृत्यको कुनै पार चलेन ।

    अहिले कोरोना महामारीविरूद्द अहोरात्र खटिरहनुभएका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियतवश लखेटाइमा पारिनुभएको छ । हिजो
    अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत मौज्दात राख्न बिर्सनेहरू वा स्वास्थ्य मन्त्रालयको खरीदमा नाजायज हालीमुहाली र सेटिङ चलाएर बसेकाहरूको शहरमा कोलाहल छ ।

    तिनीहरू
    एक दिन चिकित्सक र नर्सहरूले पीपीई नपाएर कसरी महामारीको उपचार गर्छन् भनेर उचाल्छन् । जो हो कि जस्तो सुनिन्छ !

    अर्को दिन मन्त्रीले सेल्फ क्वारेन्टाइनमा बस्ने भन्न मिल्छ ? सरकारले सारा व्यवस्था गर्नुपर्दैन ? भन्दै उफ्रन्छन् !
    तेस्रो दिन अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य बुझेर फर्किदा तेर्साइएको क्यामेरासँग नबोलेर पाहुना आएका हुनाले हतारमा छु भनेको एउटा अंश टिपेर हुर्मत लिन्छन् ! जबकि जहाँ पायो त्यहाँ बोल्नैपर्ने कुनै करकाप र बाध्यता हुँदैन ।
    नो बाइट भन्न मज्जाले पाइन्छ ।

    चौथो दिन स्वास्थ्य सामग्री नल्याउने ? भनि तिनैले आगो बाल्छन् ।
    पाँचौ दिन जहाज समग्री लिन प्रस्थान गरेपछि सत्यजस्तै गरी झूठ पस्कन्छन्, २० करोड भ्रष्टाचार भनेर ! कठै तिम्रो मनोदशा ? कति दयनीय हर्कत ?
    सबै तिमीहरूजस्तै त होइनन् र पक्कै त्यस्ता छैनन् नै ।

    काँक्रो चोरेर आफूले खाने, अनि बियाँ अरूको गालामा टाँसिदिएर दोष लगाइदिने र बदनाम गर्ने ?
    ‘फाटेको जालोले छेकेको, छेके पनि छर्लङ्ग देखेको’ जस्तै छ यो दुष्टता र पाखण्डीपन ।
    यति ठूलो राष्ट्रिय संकटमा पनि रचनात्मकसम्म नभएर यत्रो जालझेल ?
    यस्तो नीचता, दुष्टता र डीप फेकका विरूद्द एकजुट भई नलडे यो षडयन्त्र र घेरा हालेर अप्ठेरोमा पारी मार हान्ने रवैया निरन्तर जारी रहनेछ ।

    अहिले आफूबाहेक अरू, सरकार सञ्चालनमा रहेका व्यक्तिहरू र मन्त्रीहरूलाई त हो भनेर खुच्चिङ कसैले नगरे हुन्छ।

    यता कसले कस्ता टिप्पणी र स्टाटसहरू पोष्ट गरिरहेको छ ? जनताले निगरानी सबैको गरेका छन् ।
    खासमा यो व्यक्तिविशेषभन्दा नेकपामाथिको ‘गजेटेड’ दलाल र भ्रष्टहरूको हमला हो । त्यसैले कसैले पनि पानीमाथिको ओभानो बन्न, आफ्नो कुण्ठा र असन्तोषमा रमाउन, अनाहक आक्रमण गरिरहँदा हाइसञ्चो मानेर रमिते बस्न र शत्रुवत् व्यवहार गर्नसमेत पछि नपर्ने वा मौन बस्ने तरिका अपनाउने तरिका बदल्नै पर्छ ।

    सत्यसँग त कसैको कुनै लडाईं आवश्यक छैन,
    झूठ र बकवासहरूको सामना नगरी सत्य स्थापित हुँदैन ।
    यस्तो सद्बुद्दि हरेकमा बेलैमा आउन जरूरी छ ।
    अन्यथा पछुताउनुबाहेक केही बाँकी नरहेपछि होस पाउने दिन आउने निश्चित हुनेछ । त्यतिबेला बोलिदिने कोही रहनेछैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.