सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरमा तीन सय बालश्रमिक श्रमबाट मुक्त, अझै एक सय २४ बाँकी


  •    /२४ बैशाख २०७६, मंगलवार २२:१८ 
  • रत्ननगर :
    रत्ननगर नगरपालिकाले दुई बर्षमा तीन सय बालश्रमिकलाई श्रमबाट मुक्त गरेको छ । नगरमा सञ्चालित बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत २०७३ चैतदेखि २०७५ चैत मसान्तसम्म ३ सय ५ जना बालश्रमिकलाई श्रमबाट मुक्त गरेको हो ।

    नगरभित्रका होटल, कारखाना तथा घरमा कार्यरत श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गरी परिवारमा पुनर्मिलन गरिएको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिनुभयो । श्रमबाट मुक्त गरिएका अधिकाँश बालबालिकालाई शिक्षा प्रदान गरिएको छ भने केहीलाई सीपमूलक तालिम प्रदान गरिएको छ ।

    बालसंरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रम सञ्चालन गरिरहेको सेवा प्रदायक संस्था रत्ननगर उद्योग वाणिज्य संघले बालबालिकालाई शिक्षा प्रदान गर्न विद्यालयमा भर्नासँगै आवश्यक शैक्षिक सहयोग गरिरहेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुका छोराछोरी श्रम बजारमा आएका पाइएको छ । बालबालिकालाई श्रम बजारमा आउन नदिन नगरपालिकाले परिवारको आयआर्जनको लागि समेत काम गरिरहेको छ ।

    “परिवारको आर्थिक उपार्जनको माध्यम बनाउन हामीले सहयोग गर्दै आएका छौं” प्रमुख वनले भन्नुभयो “परिवारको आर्थिक अवस्थामा सुधार गरेर उनीहरुका छोराछोरीलाई विद्यालय जाने वातावरण बनाउने योजना रहेको छ ।” रत्ननगरलाई आगामी फागुन महिनाको अन्तिम साता बालमैत्री नगर घोषणा गर्ने योजना रहेको छ । अहिलेसम्म वडा नं ३, ५, १०, १६ मात्र बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडा नं १५ लाई यही बैशाख २७ गते बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ ।

    १० महिनाको अबधिमा ११ वटा वडा बालमैत्री घोषणा घोषण गर्ने पर्ने र १२४ जना श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गर्नै पर्ने दवावमा नगरपालिका रहेको छ । रत्ननगरमा अझै १२४ जना बालश्रमिक कार्यरत छन् । वडा नं १ र २ अन्तर्गत पर्ने बकुलहर र टाँडी बजारका होटलहरुमा बालश्रमिक कार्यरत रहेका छन् । विशेष गरी मिठाई पसल र रेष्टुरेण्टहरुमा बालश्रमिक कार्यरत रहेको बताइएको छ । होटल तथा रेष्टुरेण्टमा कार्यरत बालश्रमिकलाई श्रमबाट मुक्त गरी एकमुष्ट रुपमा बाँकी सबै वडाहरुलाई बालमैत्री घोषणा गर्ने योजनामा रहेको प्रमुख वनले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.