सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक विस्तारसँगै मुद्दा झेल्दै भरतपुरका वडाध्यक्षहरु


  •    /२४ बैशाख २०७६, मंगलवार २१:५८ 
  • चितवन : 

    भरतपुर महानगरपालिकामा विकास निर्माणका कामले गति लिएसँगै वडाध्यक्षहरुविरुद्ध अदालतमा मुद्दा पर्न थालेका छन् । मुख्य रुपमा सडक विस्तारका क्रममा जग्गा मिचिएको भन्दै असन्तुष्ट उपभोक्ताले मुद्दा दायर गरेका हुन् ।

    महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीका अनुसार वडा नं १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वाविरुद्ध बाटो विस्तारका क्रममा आफ्नो जग्गा मिचिएको भन्दै उच्च अदालत हेटौँडामा मुद्दा दायर भएको छ । त्यहीका उपभोक्ता अच्युत पहाडीले पहिलेको भन्दा बाटो विस्तार गर्ने क्रममा आफ्नो जग्गा मिचिएको भन्दै मुद्दा दायर गर्नुभएको हो । वडा नं ९ का अध्यक्ष यमलाल कँडेल र उपभोक्ता समितिका अध्यक्षविरुद्ध स्थानीय पदमबहादुर केसीसहित १५ जनाले निषेधाज्ञा माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

    यसैगरी वडा नं ३ का अध्यक्ष चन्द्रमित्र पण्डितविरुद्ध उहाँकै टोलका गङ्गा रिजाल कँडेलले आफूले भोगचलन गर्दै आएको जग्गा सार्वजनिक भनी हड्पेको भनी जिल्ला अदालत चितवनमा मुद्दा दायर गर्नुभएको छ । वडा नं १० का अध्यक्ष अरुणपीडित भण्डारीविरुद्ध स्थानीय भैरवप्रसाद न्यौपानेले लुटपिट मुद्दा जिल्ला अदालतमा दायर गर्नुभएको छ । विवाद मिलाउने क्रममा असन्तुष्ट भई आफ्नो निर्माण सामग्री लुटिएको भन्दै मुद्दा दर्ता गरिएको हो ।

    वडा नं २३ का अध्यक्ष नरिनारायण पौडेलविरुद्ध स्थानीय उपभोक्ताले महानगरपालिकामा मुद्दा दर्ता गरेका छन् । भोगचलन भइरहेको बाटोलाई साँघुरो बनाएको आरोपमा मुद्दा दायर गरेका हुन् । महानगरपालिकाका उपप्रमुख पार्वती शाहले सानातिना विवाद सकेसम्म महानगरबाट मिलाउनका लागि आफू लागिपरेको बताउनुभयो ।

    महानगरप्रमुख दाहालले विकास निर्माण र सार्वजनिक जग्गा खोजबिनका क्रममा मुद्दा परेको भन्दै महानगरले आवश्यक प्रमाण पेश गर्ने बताउनुभयो । विकास निर्माणमा सघाउन उहाँले सबैसँग आग्रह पनि गर्नुभयो ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.