सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांँग्रेस चितवन एक महिने जागरण अभियानमा, सक्रिय रहन कार्यकर्ता, भातृ र शुभेच्छुक संस्थालाई आग्रह


  •    /२४ बैशाख २०७६, मंगलवार २१:३७ 
  • चितवन : नेपाली कांग्रेस चितवन एक महिने जागरण अभियानमा लागेको छ । अभियानलाई प्रभावकारी बनाउन कार्यकर्ता, भातृ संस्था र शुभेच्छुक संस्थाहरुलाई कांग्रेस चितवनले आग्रह गरेको छ ।

    काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले एकमहिने जागरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाईने बताउनुभयो । बुधबारबाट शुरु हुने अभियानलाई प्रभबकारी वनाउनका लागि सबै तहहरुलाई निर्देशन जारी गरेको उहाँले बताउनुभयो ।

    सभापति श्रेष्ठका अनुसार जागरण कार्यक्रम अन्तर्गत जिल्लाका सबै स्थानीय तहहरुमा अहिलेको सरकारले गरेका गलत कामको भण्डाफोर गर्ने, पार्टीको विधान र महासमितिले गरेको निर्णयका बारेमा कार्यकर्ताहरुलाई जानकारी गराउने, अन्तक्र्रिया कार्यक्रमहरु गर्ने, शहीद परिवार तथा अग्रज काँग्रेसहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भातृ एवम् शुभेच्छुकहरुसँग अन्तक्र्रिया गर्ने, पार्टीका सबै प्रकार र तहका नेताहरुसँग भेटघाट तथा अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

    जिल्लामा हुने कुनै पनि कार्यक्रम र जिल्लामा आउने कुनै पनि नेतालाई फूलमाला र ब्याच नदिने, केन्द्रले तय गरेको नीति अनुसार वक्ताहरु छोट्याउने लगायतका कामहरु हुने काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार कार्यक्रममा खर्चको समेत मितव्ययिता अपनाईने छ ।

    अभियानका लागि केन्द्रीय प्रतिनिधि सुरेन्द्रप्रसाद चौधरी चितवन आई सक्नु भएको छ । हिमाल पहाड तराई मधेश जागरण अभियान अन्तर्गत प्रथम चरणको कार्यक्रम काँग्रेसले देशै भरी गर्न लागेको हो । केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामा राखेर कार्यकर्ताहरुको भावनाको बारेमा जानकारी गराइने छ । अहिले देखिएको पार्टीभित्रको विचलन समाधान गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा काँग्रेसको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.